मनाइँदै बकर इद (इदुल जोहा)

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ । […]

Continue Reading

सगरमाथामा बढ्दो मानव चापप्रति चिन्ता

पर्वतारोहणमा सक्रिय आरोहीहरू ले सगरमाथामा बढ्दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गरेका छन्  । हिमपहिरो, बढ्दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ्दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ्दो होडबाजीले हिमालमा थुप्रिँदै गएको मानव फोहोरका कारण मात्रै पर्वतारोहणमा चिन्ता थपिएको छैन, शेर्पा पथप्रदर्शकले जोखिम मोल्दै […]

Continue Reading

इरानमा १० भारतीय जहाजचालक रिहा

जुलाई २०२५ मा इरानमा पक्राउ परेका दस जना भारतीय जहाज चालक दलका सदस्यलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको  भारतले जनाएको छ । भारतको समुद्री यातायात महानिर्देशालयका अनुसार एमभी हार्बर फिनिक्स जहाजका चालक दलका ती सदस्यहरू जुलाई २०२५ मा जास्क बन्दरगाहनजिकैबाट पक्राउ परेका थिए । उनीहरुलाई  त्यसपछि हिरासतमा राखिएको थियो । महानिर्देशालयले जारी गरेको विज्ञप्तिमा ती जहाजचालकहरु अहिले रिहा […]

Continue Reading

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर, हपिङ ड्रोन र विशेष गाडीहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ। सन् २०२८ मा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिनु अगावै अमेरिकी नागरिकलाई पुनः चन्द्रमाको सतहमा उतार्ने अमेरिकी लक्ष्य रहेको छ। तर, यस पटकको दौड केवल चन्द्रमामा पुग्ने मात्र […]

Continue Reading

७ जिल्लामा दादुरा, छैन खोप लगाउने तयारी

बंगलादेशले पछिल्ला दशकहरूकै सबैभन्दा ठूलो दादुरा महामारी सामना गरिरहँदा नेपालमा पनि एकपछि अर्को दादुरा प्रकोप फैलिइरहेको छ ।स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार पुसयताका ६ महिनामा सर्लाही, बागलुङ, महोत्तरी, कालीकोट, दैलेख, अछाम र सिरहासहितका ७ जिल्लाका विभिन्न स्थानका सयौं बालबालिका दादुरा भाइरसबाट संक्रमित भएका छन् । उनीहरूका अनुसार दादुरा फैलिएको क्षेत्रमा रहेका सबै बालबालिकालाई तत्काल खोप […]

Continue Reading

पाकिस्तानद्वारा डोनाल्ड ट्रम्पको ‘अब्राहम एकर्ड्स’मा सहमति जनाउने प्रस्ताव अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम–बहुल देशहरूलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन ‘अब्राहम एकर्ड्स’ स्वीकार गर्न गरेको आह्वानलाई पाकिस्तानले अस्वीकार गरेको छ । इरानसँग चलिरहेको वार्तासँग जोडेर ट्रम्पले पाकिस्तान लगायतका देशहरूलाई ‘अब्राहम एकर्ड्स’मा सहमत हुन आग्रह गरेका थिए । पाकिस्तानका रक्षामन्त्री आशिफ ख्वाजाले देशको मौलिक विचारधाराविपरीत हुने कुनै पनि सम्झौतामा इस्लामाबाद सहभागी नहुने बताएका छन् । साथै, प्यालेस्टिनी राज्यको स्थापनाबिना […]

Continue Reading

दक्षिण कोरियाका कप्तान सोन भन्छन्- अन्तिम समयसम्म लड्ने बानी नै मेरो प्रेरणा

दक्षिण कोरियाका कप्तान सोन ह्यु मिगंले फिफा विश्वकप २०२६ नै आफ्नो अन्तिम विश्वकप हुनसक्ने बताएका छन् ।फिफाले  आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेको अन्तर्वार्ता सोनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनलाई सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपमा प्राप्त नतिजाभन्दा माथिल्लो नतिजा ल्याउन टिममा कुन पक्षमा सुधार ल्याउनुपर्छ भनेर सोधिएको थियो । “हामीले सन् २०२२ मा प्राप्त […]

Continue Reading

हातैले टेकेर सर्वोच्च चुलीमा : पर्वतारोहण इतिहासमा अभूतपूर्व कीर्तिमान

सन् २०१५ मा रुसमा सैन्य ब्यारेक भत्किँदा आफ्ना दुवै खुट्टा गुमाएका रुसी पूर्वसैनिक रुस्तम नबिएभले दुई हातको बलमा संसारकै अग्लो शिखर सगरमाथा चढेर ‘पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान’ रच्दै विश्वलाई चकित पारेका छन् । रुस्तम सगरमाथा आरोहण इतिहासकै पहिलो यस्ता व्यक्ति हुन्, जो आफ्ना दुवै गोडा नभए पनि केवल हातको सहाराले सगरमाथाको चुचुरोमा पुग्ने सफल भए । उनले […]

Continue Reading

इरानसँग सम्झौता हुन केही दिन लाग्‍नसक्छ : रूबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्यका लागि सम्भावित सम्झौता हुन ‘केही दिन लाग्न सक्ने’ बताएका छन् । यसअघि कतारमा वार्ता चलिरहेकै बेला अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र केन्द्र र पानीमुनी बम बिछ्याउँदै गरेका डुङ्गाहरूमाथि आक्रमण गरेको दाबी गरेको थियो ।  भारत भ्रमणका क्रममा मंगलबार जयपुरमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले भने, ‘आज कतारमा केही चरणमा वार्ताहरू […]

Continue Reading

नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री साह

प्रधानमन्त्री वालेन्द्र साहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत एवम् काठमाडौँस्थित अन्य मुलुकका राजदूतसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान समयको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा […]

Continue Reading