थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान गर्ने

थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ। कात्तिक ११ गते अनुमति बिना काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो। एयरलाइन्स ले प्राधिकरणसँग माफी मागेपछि उसको निलम्बित उडान फुकुवा भएको हो। प्राधिकरणका अनुसार  एयर […]

Continue Reading

निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।  निगम सञ्चालक समितिको   बैठकले गए मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एकसय ४७ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि  एकसय ४९ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एकसय […]

Continue Reading

आज लक्ष्मी जयन्ती

लक्ष्मीप्रसाद देवकोटा एक नेपाली कवि तथा साहित्यकार थिए। उनको जन्म विसं १९६६ कार्तिक २७ गते लक्ष्मीपुजाको दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो।उनको निधन विसं २०१६ भाद्र २९ मा भएको थियो। उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन्। देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन्। उनले […]

Continue Reading

आज लक्ष्मीपूजा 

लक्ष्मी पूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो । तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ । नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ । नेपालमा यसलाई यमपञ्चकको एक भागको रूपमा मनाइन्छ। वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ। लक्ष्मी धनकी देवीलाई भनिन्छ ।

Continue Reading

आज कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा […]

Continue Reading

नेपाली टोलीका प्रशिक्षक तामाङकाे राजीनामा

साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्। उनले हारको जिम्मेवारी लिँदै प्रशिक्षक पदबाट राजीनामा दिएका हुन्।बुधबार दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालले बंगलादेशसँग दुई एक गोलको हार बेहोरेको थियो। यससँगै नेपाल साफको छैटौं फाइनल र अन्तर्राष्ट्रिय फुटबलको बाह्रौं फाइनलमा पराजित भयो।

Continue Reading

पशुपति गौशाला धर्मशालामा मोही हक नलाग्ने

काठमाडौँ जिल्ला अदालतले २१ वर्षदेखि मारवाडी सेवा समितिको कब्जामा रहेको पशुपति क्षेत्र विकास समितिको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गाजमिनमा मोहियानी हक नलाग्ने फैसला गरेको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले असोज १६ गते गरेको फैसलाको पूर्ण पाठमा पशुपति गौशाला धर्मशालाको साबिक पशुपति वडा नं. २ को कित्ता नम्बर ८३ को चार रोपनी १५ आना […]

Continue Reading

तिहारको बिदामा पनि सर्वोच्च अदालत खुला रहने

तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन […]

Continue Reading

देश कसरी डुब्दैछ सिंहदरबार वैद्यखाना हेरे पुग्छ : नगरप्रमुख साह

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबार वैद्यखाना विकास समितिको अवस्थाले समग्र मुलुकको अवस्था चित्रण गरेको भन्दै चिन्ता प्रकट गरेका छन् । आज राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने सम्भावना बोकेको संस्था अहिले आफैँ थला पर्नु सोचनीय विषय भएको बताए […]

Continue Reading

कात्तिककाे १३ दिनमा चारवटा गैँडामृत फेला

 चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चार वटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि १३ गतेसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–दाउन्नेदेवी मध्यवर्ती सामुदायिक वनमा अन्दाजी २० वर्षको पोथी गैँडा कात्तिक ५ गते मृत अवस्थामा भेटिएको जानकारी […]

Continue Reading