बङ्गलादेश आँप महोत्सव काठमाडौँमा

बङ्गलादेशी दूतावासले सोमबार काठमाडौँमा आँप महोत्सव आयोजना गरेको छ ।  ‘बङ्गलादेश म्याङ्गो डेलिकेसी’ शीर्षकमा भएको महोत्सवमा बङ्गलादेशी आँपको समृद्ध विरासत, उत्कृष्ट गुणस्तर र विविध स्वादको प्रवर्धन गरिएको थियो । प्रमुख अतिथि तथा सार्क सचिवालयका महासचिव मोहम्मद गुलाम सरवरले सम्भावना हुँदाहुँदै पनि बङ्गलादेशबाट अन्तर्राष्ट्रिय बजारमा आँप र यसबाट बनेका प्रशोधित उत्पादनको निर्यात नगण्य रहेको औँल्याए  । […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ १६ पैसा र बिक्रीदर १५३ रुपियाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ६० पैसा र बिक्रीदर १७५ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ २५ […]

Continue Reading

दुर्लभ बन्दै गौँथलीको चिरबिर

कुनै समय गाउँघरका हरेक आँगन र भित्तामा गुँड बनाएर बिहान, साँझ चिर्बिराउने गौँथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन् । परम्परागत माटोका घरको स्थान पक्की भवनले लिन थालेपछि गुँड बनाउन उपयुक्त स्थान घट्दै गएको छ भने विषादीको बढ्दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि  गौँथलीको अस्तित्व सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । […]

Continue Reading

सुनसरी देवानगन्ज घटना : सद्भावका लागि आह्वान

देवानगन्ज गाउँपालिकामा आइतबार राति भएको गोली प्रहारमा एक जनाको मृत्यु तथा केही व्यक्ति घाइते भएपछि उत्पन्न तनाव घटाउन प्रयास जारी छ । विवाद साम्य पार्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, जनप्रतिनिधि तथा स्थानीय समुदाय दिनभरि सक्रिय बनेका छन् । सोमबारको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शान्ति र सद्भाव कायम गर्न आह्वान गरेको छ । देवानगन्ज […]

Continue Reading

नेपालमा सुरुङ यात्रा प्रस्थानविन्दु : नागढुङ्गा-सिस्नेखोला टनेल

 नेपालको पहिलो र सबैभन्दा लामो नागढुङ्गा-सिस्नेखोला सडक सुरुङमार्गको सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जाइकाका अध्यक्ष डा. तानाका अकिहिको र पूर्ण जोशीले संयुक्त रूपमा आयोजनाको उद्घाटन गरे । परीक्षणकालका लागि हाल अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र अनुमति दिइएको र छिट्टै सबै प्रकारका सवारीसाधनका लागि खुल्ने मन्त्रालयले जनाएको छ ।  ११ साउन, […]

Continue Reading

आज संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान सवा ११ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने कार्यसूची छ । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि ५ […]

Continue Reading

सहमति भएसँगै डा. गोविन्द केसीले तोडे अनशन, यस्ता छन् सहमतिका बुँदाहरु

नेपाल सरकार र प्राध्यापक डा. गोविन्द केसीबीच गएराती  सात बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले आफ्नो २४औँ सत्याग्रह अन्त्य गरेका छन् । गत बिहीवारदेखि धनगढीको कृष्ण मन्दिरमा अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको आइसियु भर्ना गरिएको थियो । अनशनरत डा. केसीले सरकारसँग सहमति भएपछि बाजुराकाे गाैमुल गाउँपालिका-२ घर […]

Continue Reading

मनसुनजन्य विपद् : पूर्व तयारी यस्तो छ

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार यस वर्ष साउन ७ गतेसम्म ११ सय ९४ वटा मनसुनजन्य विपद्का घटना घटेका छन् । जसबाट ५५ जनाको मृत्यु, तीन बेपत्ता, एकसय ६३ जना घाइते,  एक हजार ३५३ परिवार प्रभावित र १३ करोड ३६ लाख भन्दा बढी अनुमानित क्षति भइसकेको छ । नेपालमा मनसुनजन्य विपद्बबाट वर्षेनी सयौंको […]

Continue Reading

पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले छ प्रदेशको पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज राति […]

Continue Reading

दुई दिन कुरेर सिलिण्डर भर्न बाध्य सुर्खेतका उपयाेत्ता

सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास लिएर ग्यास डिलरमा पुग्छन् । एक-दुई दिन कुरेर मात्र भरिएको सिलिण्डर लिएर फर्किछन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो । विगत जस्तो जतिबेला पनि सजिलै ग्यास पाउने अवस्था नभएको स्थानीय बताउँछन् […]

Continue Reading