काँग्रेसको आधिकारिकता आफ्नो पक्षले पाउनेमा देउवाको विश्वास

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफ्नो पक्षले न्याय पाउने विश्वास व्यक्त गरेका छन्। काँग्रेसको इतर पक्षको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आधिकारिकता आफ्नो पक्षले पाउने अपेक्षा रहेको बताए।

देउवाले पञ्चायतकालमा र पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा आफू थुनामा परेको स्मरण गरे। दुवैपटक अदालतको निर्णयबाट थुनामुक्त भएको उल्लेख गर्दै उनले अहिलेको विवादमा पनि सर्वोच्चबाट न्याय पाउने विश्वास रहेको बताए।

डडेलधुराको साधारण परिवारमा जन्मेर पाँच पटक प्रधानमन्त्री बन्ने अवसर पाएको उल्लेख गर्दै देउवाले अब बाँकी जीवन देश, जनता र लोकतान्त्रिक गणतन्त्रका लागि समर्पित गर्ने बताए। ‘अब दिनुपर्ने मात्रै छ,’ उनले भने। उनले आगामी निर्वाचनमा बागलुङबाट काँग्रेसलाई ठूलो मतान्तरले जिताउन पनि आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *