मोहन वैद्यव्दारा सक्रिय राजनीतिबाट संन्यास

नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती तथा कम्युनिस्ट सिद्धान्तमा विश्वास गर्नेहरूमध्ये अधिकांशका गुरु मोहन वैद्यले सक्रिया राजनीतिबाट संन्यास लिएका छन् ।पछिल्ला दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव वैद्यले स्वास्थ्यका कारण पदबाट राजीनामा दिएका छन् । वैद्यले राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आफूलाई महासचिवका रूपमा अनुुमोदन […]

Continue Reading

चोरी पछि पेरिसको लुभ्र संग्रहालय बन्द

आइतबार बिहान चोरी भएपछि पेरिसको लुभ्र संग्रहालय बन्द गरिएको छ।बीबीसी पेरिस संवाददाता ह्यु स्कोफिल्डका अनुसार फ्रान्सेली मिडियाले बिहान संग्रहालय खोल्ने बित्तिकै तीन नकाबधारी पुरुषले चोरी गरेका हुन्। चोरहरू सामान लिफ्टमार्फत अपोलो ग्यालरीमा प्रवेश गरेको विश्वास गरिएको छ। यहाँ फ्रान्सको रत्नजडित मुकुट राखिएको छ। नौ वटा गरगहना चोरेर चोरहरू मोटर–स्कुटरमा भागेको उल्लेख छ। चोरी भएका सामानहरूको मूल्यांकन […]

Continue Reading

थप पचास ठेक्का तोडिने प्रक्रियामा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप पचास वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । सडक विभागले प्रगति नभएका ठेक्का प्रक्रिया किन नतोड्ने ? भन्दै सूचना सार्वजनिक गरेको छ । यसअघि पनि विभागले १८ वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरिसकेको छ […]

Continue Reading

आज तिहारकाे मुख्यदिन घरघरमा दिपावली गरी मनाइदै

ढकमक्क मखमली र सयपत्री फुलेर आएको सुवास, रङ्गीबिरङ्गी बत्तीको उज्यालो, देउसीभैलोको उल्लास, नेपालीका  घरआँगनमा तिहारको उल्लास भित्रिइसकेको छ । मानव मात्रै होइन, पशुपक्षीप्रति पनि सद्भाव र प्रेम व्यक्त गर्ने अनि समुन्नतितर्फ अघि बढ्न प्रेरित गर्ने नेपालीको दोस्रो ठुलो चाड तिहार आइतबारदेखि सुरु भएको हो । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि आरम्भ हुने तिहारलाई यमपञ्चक पनि […]

Continue Reading

ट्रम्पविरुद्ध अमेरिका र यूरोपमा प्रदर्शन, लाखौं मानिस सडकमा उत्रिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका कयौं शहरमा हजारौं नागरिक विरोध प्रदर्शनमा उत्रिएका छन् ।यो प्रदर्शन राजधानी वाशिंगटन डीसी, न्यूयोर्क, शिकागो, मिया र लस एन्जलसलगायतका शहरहरुमा भएको छ । प्रदर्शनकारीहरूले ‘डेमोक्रेसी नट मोनार्की’ अर्थात लोकतन्त्र राजतन्त्र होइन, संविधान वैकल्पिक होइन लगायतका नारा लेखेका पम्प्लेटहरु बोकेका थिए  । उता ट्रम्पका समर्थकहरुले भने प्रदर्शनकारीहरुको सम्बन्ध अति वामपन्थी संगठन […]

Continue Reading

प्रदर्शनका क्रममा लुटिएका हतियार फिर्ता गर्न गृहले विशेष अपरेसन चलाउने

जेन–जीको आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा लुटिएका हातहतियारहरु फिर्ता ल्याउन गृह मन्त्रालयले विषेश अपरेसन सञ्चालन गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरु प्रस्तुत गर्न गठित कार्यदलको कामकारबाहीबारेसमेत समीक्षा भएको छ । उनले बैठकमा निर्वाचनको वातावरण निर्माण गर्न […]

Continue Reading

प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा थप पाँच रिट

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटनविरुद्ध थप पाँच वटा रिट दर्ता भएका छन् ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आइतबार थप रिट दर्ता भएका हुन् । यसअघि ११ वटा रिट दर्ता भएका थिए । योसँगै विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट निवेदन दर्ता भएका छन् । सर्वोच्च अदालत प्रशासनले […]

Continue Reading

विपिनको शव नेपाल पठाउनुअघि इजरायलद्वारा सम्मान

इजरायलले हमासको बन्दी अवस्थामै हत्या गरिएका नेपाली युवक विपिन जोशीलाई सम्मान गरेको छ। आइतबार इजरायलको बेन गुरियन विमानस्थलमा जोशीको सम्मान गरिएको हो । विपिनको पार्थिव शरीर आज स्वदेश फर्काइँदै छ। उनी हमासले गरेको आक्रमणपछि बन्धक बनाइएका थिए । बन्धककै क्रममा उनकाे आतंककारी हमासद्वारा हत्या गरिएकाे थियाे । उनको रिहाइका लागि नेपाल सरकार र परिवारले निरन्तर […]

Continue Reading

राजनीतिक निकासका लागि पूर्वराजा सहितसँग छलफल गराैँ : गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राजनीतिक निकासका लागि पूर्वराजा सहितसँग छलफल गर्नुपर्ने आवश्यक रहेको बताएका छन् । श्रेष्ठले ललितपुरमा पत्रकार सम्मेलन गरी  सबै पक्षको सहमति जुटाएर राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन्। उनले सरकारले दलहरूलाई निषेध गर्ने नीति अपनाएको बताए । राजसंस्था, जेनजी आन्दोलनमा सहभागीहरू र फरक मत राख्ने सबै शक्तिको संवाद आवश्यक भएको  बताउदै उनले भने  […]

Continue Reading

चुनावको सुरक्षामा सरकारको दौडधुप, आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

सरकारले आसन्न निर्वाचनलाई प्राथमिकतामा राख्दै एकीकृत सुरक्षा रणनीतिको निर्माणलाई तीव्रता दिएको छ।यसै सिलसिलामा  राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका छन् भने आजका लागि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ। राष्ट्रपति पौडेलको आह्वानमा शीतलनिवासमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू तथा चारवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र […]

Continue Reading