एसियाड तयारीको लागि पुरुष कबड्डी टोली भारत जाँदै

जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी गर्न नेपाली पुरुष कबड्डी टोली बिहीबार भारतको हरियाणा जाने भएको छ। प्रशिक्षणमा सहभागी हुने खेलाडी घनश्याम रोका मगर, अङ्कु पुन, आदित चौधरी, प्रकाश गिरी, सुरज बोहरा, संस्कार कुमार, रवि थारु, अशोक जोशी, सागर यादव, कुमार लामा, गणेश पार्की र करुण रसाइली रहेका छन्। घनश्याम, अङ्कु, रवि […]

Continue Reading

फुटकाे संघारमा नेपाली काँग्रेसः इतर समूहले साउन २९ मा राष्ट्रिय भेला गर्ने

नेपाली काँग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र देखिएको विवाद समाधानका लागि दबाब बढाउँदै राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आयोजित छुट्टै कार्यक्रममा समूहले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने घोषणा गरेको हो । इतर समूहका नेता प्रकाशमान सिंहले पार्टीको आगामी १५औँ महाधिवेशन एकताबद्ध वातावरणमा सम्पन्न हुनुपर्ने धारणा […]

Continue Reading

गणेश नेपाली मृत्यु प्रकरण: छानबिनका लागि पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा समिति गठन

सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । समितिमा पूर्वसहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्वसहसचिव रामुराज कडरिया सदस्य रहेका […]

Continue Reading

के भारत गृहयुुध्दकाे संघारमा पुगेकाे हाे ?

सधै छिमेकीलाइ दवाइ राख्ने तथा छिमेकमा अस्थिरता रूचाउने भारत हाल बिधार्थी आन्दोलनका कारण अशान्त छ । शिक्षामन्त्री धिरेन्द्र प्रधानको राजिनामा माग्दै आन्दोलन शुरू भएतापनि हाल देशका अन्य शहर पटना,वनारस,लखनउ लगायतका शहरहरू मा समेत आन्दोलन बिस्तार भएको छ भने काग्रेस आइले आन्दोलनको नाममा आफ्नो स्वार्थ सिध्दीका लागी बिधार्थीहरूलाइ उत्तेजितपार्ने कार्यहरूगर्दै आइरहेकोछ दिनेश शर्मा,लुइटेल आन्दोलनका दौरान प्रधानमन्त्री […]

Continue Reading

आज ४३औं बिपी स्मृति दिवस : मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औं स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय […]

Continue Reading

भारतीय विपक्षी नेता राहुल गान्धी पक्राउ

भारतमा चिकित्सा शिक्षा प्रवेश परीक्षा (नीट) को पेपर लीक प्रकरणलाई लिएर राजनीतिक तनाव उत्कर्षमा पुगेको छ। संघीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास बाहिर प्रदर्शनमा उत्रिएका लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी, कांग्रेस नेता प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ। कांग्रेस र विपक्षी सांसदहरूले मंगलबार […]

Continue Reading

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : महतको मुद्दा मुलतबी राख्न अदालतको इन्कार

पोखरा विमानस्थलको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दा मुलतबी राख्न अस्वीकार गरेको छ। महत अदालतमा उपस्थित भएका बखत कानुनबमोजिम उपयुक्त आदेश हुने अवस्था भएको उल्लेख गर्दै अदालतले मुद्दा मुलतबीमा राख्न इन्कार गरेको हो। मानसिक अस्वस्थताका कारण महत आफ्नो प्रतिरक्षा गर्न असमर्थ रहेको उल्लेख गर्दै उनकी श्रीमती रोशना महतले निवेदन […]

Continue Reading

स्वदेश फर्किँदै देउवा, सरकारले प्रतिशोध साध्ने आशंका

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कने भएका छन्। मंगलबार प्रेस विज्ञप्तिमार्फत स्वदेश फर्कन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गरेका छन्। नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले भनेका छन्, ‘आज फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथै भौतिक […]

Continue Reading

‘जनकपुरमा लफडा गृहमन्त्रीको फोन अफ !’

जनकपुरधामस्थित जानकी मन्दिरबाट श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न आएका नेता र कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका हुन् । साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम थियो । उनी आउनुअघि स्वागतका लागि पुगेका पार्टीका नेता र कार्यकर्ता लखेटिएका हुन् । पार्टी कार्यक्रममा सहभागी […]

Continue Reading

अब अर्थ मन्त्रालयकाे पूर्वसहमति नलिई सरकारी सवारीसाधन खरिद गर्न नपाइने

विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थ मन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिई कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र […]

Continue Reading