बङ्गलादेश आँप महोत्सव काठमाडौँमा

बङ्गलादेशी दूतावासले सोमबार काठमाडौँमा आँप महोत्सव आयोजना गरेको छ ।  ‘बङ्गलादेश म्याङ्गो डेलिकेसी’ शीर्षकमा भएको महोत्सवमा बङ्गलादेशी आँपको समृद्ध विरासत, उत्कृष्ट गुणस्तर र विविध स्वादको प्रवर्धन गरिएको थियो । प्रमुख अतिथि तथा सार्क सचिवालयका महासचिव मोहम्मद गुलाम सरवरले सम्भावना हुँदाहुँदै पनि बङ्गलादेशबाट अन्तर्राष्ट्रिय बजारमा आँप र यसबाट बनेका प्रशोधित उत्पादनको निर्यात नगण्य रहेको औँल्याए  । […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ १६ पैसा र बिक्रीदर १५३ रुपियाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ६० पैसा र बिक्रीदर १७५ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ २५ […]

Continue Reading

डुंगा दुर्घटना हुँदा कम्तीमा ५०० रोहिंग्या बेपत्ता

म्यानमारको तटनजिक दुईवटा डुंगा दुर्घटना हुँदा कम्तीमा पाँच सयजना हराइरहेका राष्ट्र संघले जनाएको छ ।  सो दुर्घटनामा केही यात्रुले पौडेर ज्यान जोगाएका छन् । ‘ती दुई डुंगा केही दिनअघि म्यानमारको राखाइन राज्यबाट छुटेका थिए । डुंगामा मुख्यतया रोहिंग्या यात्रु सवार थिए,’ संयुक्त राष्ट्र संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तीमध्ये केही यात्रु बंगलादेशको कक्स बजारस्थित शरणार्थी शिविरबाट आएका […]

Continue Reading

नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृंखलाअन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाललाई नामिबियाले २१२ रनको लक्ष्य दिएको छ। सोमबार नेदरल्यान्ड्सको उट्रेक्टमा टस हारेर ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा सात विकेट गुमाउँदै मध्यम लक्ष्य दिएको हो। यद्यपि नेदरल्यान्ड्सको पिचमा नेपालले पछिल्लो दुबै खेलमा दुई सय रन बनाउन सकेको छैन। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध समान १५७ रनमा अलआउट भएको […]

Continue Reading

माउन्ट ओलम्पस र जापानका प्राचीन राजधानी विश्व सम्पदा सूचीमा

दक्षिण कोरियामा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को विश्व सम्पदा समितिको बैठकले ग्रीसको प्रसिद्ध माउन्ट ओलम्पस तथा जापानका प्राचीन राजधानी आसुका र फुजिवारालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ । बुसानमा बुधबारसम्म चल्ने समितिको बैठकले दक्षिण सुडानको ‘बोमा-बाडिङ्गिलो माइग्रेटरी ल्यान्डस्केप’लाई पनि विश्व सम्पदा सूचीमा समावेश गरेको छ । विश्वकै सबैभन्दा ठूलो स्थलीय […]

Continue Reading

अफ्रिकी तटमा भेटियो ३०० हम्पब्याक ह्वेलको विशाल ‘सुपरग्रुप’

दक्षिण अफ्रिकाको पश्चिमी तटमा एक दुर्लभ र रोमाञ्चक दृश्य देखिएको छ, जहाँ लगभग ३ सय विशाल हम्पब्याक ह्वेलहरू मिलेर बनेको एउटा विशाल ‘सुपरग्रुप’ फेला परेको छ। प्रसिद्ध वन्यजन्तु फोटोग्राफर क्रिस र मोनिक फेलोजले गत डिसेम्बरमा दक्षिण अफ्रिकाको तटमा २९९ वटा हम्पब्याक ह्वेलहरूको यो समूहलाई फेला पारेका हुन्। उनीहरूले ह्वेलको पुच्छर (फ्लुक) को फोटो खिचेर यसको […]

Continue Reading

मध्यावधि चुनावको ‘अग्निपरीक्षा’मा ट्रम्प

संयुक्त राज्य अमेरिकाको मध्यावधि चुनाव हुन १०० दिन बाँकी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पका रिपब्लिकनले प्रतिनिधिसभाको बहुमत गुम्न नदिन र सिनेटमा आफ्नो नियन्त्रण कायम राख्न कठिन प्रतिस्पर्धाको सामना गरिरहेका छन् । ट्रम्प नोभेम्बर ३ मा हुने मतदानमा उम्मेदवार नबन्ने भए पनि मध्यावधि चुनावको परिणाम उनका लागि महत्वपूर्ण हुनेछ । डेमोक्रेटले प्रतिनिधिसभामा बहुमत हासिल गरेमा उनीहरूले शक्तिशाली […]

Continue Reading

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणसम्बन्धी फरक–फरक रिपोर्ट

संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, आक्रमण रोक्नुको कारणबारे विभिन्न सञ्चारमाध्यमले फरक–फरक विवरण दिएका छन् । सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ । यद्यपि, सो कारबाही कति समयका लागि रोकिएको हो भन्नेबारे  स्रोतले स्पष्ट पारेको छैन । सीबीएस न्युजले दुई क्षेत्रीय […]

Continue Reading

तीन ओटै माग पूरा भएपछि क्रकरोच पार्टीको आन्दोलन अन्त्य

नीट प्रश्नपत्र लिक प्रकरणलाई लिएर दिल्लीको जन्तरमन्तरमा जारी क्रकरोच जनता पार्टीको आन्दोलन शनिबार औपचारिक रूपमा अन्त्य भएको छ। सरकारसँग भएका वार्तामा आफ्ना तीनै वटा मुख्य मागहरू पूरा भएपछि आन्दोलन फिर्ता लिइएको घोषणा गरिएको हो। केन्द्रीय मन्त्री जे.पी. नड्डा र जितेन्द्र सिंह तथा ककरोच जनता पार्टीका प्रवक्ता सौरभ दास र आशुतोष राङ्काले संयुक्त पत्रकार सम्मेलन गर्दै […]

Continue Reading

भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर देशभर विद्यार्थीको विरोध प्रदर्शन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामा पत्र बुझाएका हुन। युवा तथा विद्यार्थीको नेतृत्वमा रहेको कक्रोच जनता पार्टी (सीजेपी), विभिन्न विद्यार्थी सङ्गठन र विपक्षी दलको लगातारको विरोध प्रदर्शनपछि उनको राजीनामा आएको हो। आन्दोलनरत पक्षले […]

Continue Reading