चीन, अमेरिका र रुसले संयुक्त रूपमा जारी गरे ‘शान्ति घोषणापत्र’

चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी सम्मेलनपछि चिनियाँ सरकारी सञ्चारमाध्यम र क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गरे। ह्वाइट हाउसले भने उक्त वक्तव्य सार्वजनिक गरेको छैन। संयुक्त […]

Continue Reading

हिउँदमा नेपालले भारतबाट १५० मेगावाट आरटीसी विद्युत खरिद गर्ने

आगामी सुख्खायाममा विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ।प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ सम्म विद्युत आयात गर्ने गरी अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको हो। यसका लागि भारतका अनुमतिप्राप्त विद्युत व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक दरमा विद्युत खरिद गर्न बोलपत्र माग गर्ने प्रस्ताव अघि […]

Continue Reading

इरानले अमेरिकामा ‘डर्टी बम’ हमलाको योजना बनाएको आशङ्का

इरानले अमेरिकी राजधानी वासिङ्टन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने सम्भावित योजना बनाएको अमेरिकी गुप्तचरको सङ्केत रहेको सिएनएनले जनाएको छ । गुप्तचर सूचनामा तत्काल आक्रमणको तयारी देखिएको छैन । तर आक्रमण गर्ने निर्णय भए प्रयोग गर्न सकिने विकल्प, सम्भावित स्थान र लक्ष्य पहिचान गरिएको बताइएको […]

Continue Reading

दोलालघाट–चर्नावती सुरुङमार्ग : सम्भाव्यता अध्ययन सुरु

मुलुकको सडक सञ्जाललाई आधुनिक भू–इन्जिनियरिङतर्फ डोर्‍याउँदै सरकारले काभ्रेपलाञ्चोकको दोलालघाटदेखि दोलखाको चर्नावती जोड्ने प्रस्तावित ‘दोलालघाट–चर्नावती सुरुङमार्ग’ को सम्भाव्यता अध्ययन कार्यलाई अगाडि बढाएको  छ । मुलुकको पहाडी भूगोलमा घुमाउरा सडकको विकल्पका रूपमा डाँडा छेड्दै छोटो र सुरक्षित मार्ग निर्माण गर्ने सरकारी नीति अन्तर्गत यो आयोजनालाई विशेष प्राथमिकतामा राखिएको  हो । चालु आर्थिक वर्षको बजेटमा काभ्रेको भुम्लु गाउँपालिका–८, […]

Continue Reading

२७ लाख मूल्यको सामान बरामद

रुपन्देहीको सीमा क्षेत्रमा ठूलो परिमाणमा अबैध सामान बरामद भएको छ । सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्राउँदै गरेको गाडीका पार्टपुर्जासहित करिब २७ लाख रुपैयाँ मूल्यको सामान बरामद गरेको हो ।सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी क्षेत्रमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो […]

Continue Reading

हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणलाई अनुमति

नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो । प्राधिकरणले मंसिर १ गतेदेखि २०८४ साल साउन १५ गतेसम्म विद्युत् आयात […]

Continue Reading

प्रधानमन्त्री शाहको भारत भ्रमण: समय थोरै, एजेन्डा धेरै

प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई लिएर नेपाल र भारतबीच कूटनीतिक तयारी तीव्र बनेको छ। भ्रमणका क्रममा सीमा विवाद, थप हवाई प्रवेश मार्ग, जलविद्युत् आयोजना, व्यापार तथा पारवहन र भोटेकोशी बाढीपछिको पुनर्निर्माणका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। प्रस्तावित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह नोभेम्बर २३ देखि २५ (मंसिर ७ देखि ९) सम्म भारत भ्रमणमा जाने […]

Continue Reading

हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

जापानबाट यस वर्ष दसैँ–तिहार मनाउन जन्मथलो फर्केकी काभ्रेकी ज्योति खड्काले चाडपर्वलगत्तै चार दिन कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने मर्दी हिमाल पदमार्गमा बिताइन् । हिमाल, हरियाली, बादल र शान्त वातावरणको सामीप्यमा बिताएका ती चार दिन उनका लागि अविस्मरणीय बने । “मर्दी हिमालको प्राकृतिक सुन्दरता निकै आकर्षक, मनमोहक र शान्त लाग्यो,” उनले भनिन्, “पदयात्राका क्रममा देखिने हिमाल र […]

Continue Reading

पाँचखालको रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक प्रहरी नियन्त्रणमा

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले रिसोर्टमा बस्दै आएका ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। केही दिनयता पाँचखालका विभिन्न घर तथा होटलहरू भाडामा लिएर चिनियाँ नागरिकहरू बस्न थालेपछि स्थानीयवासीले चासो व्यक्त […]

Continue Reading

‘जीवित फर्कने आशा कमजोर हुँदैछ’ भन्दै इमरान खानले जेलबाटै लेखे प्रधानन्यायाधीशलाई खुला पत्र

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानले जेलभित्र आफ्नो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका छन्। उनले आफ्नी श्रीमती बुशरा बीबीको स्वास्थ्य अवस्था पनि बिग्रिएको उल्लेख गर्दै दुवैलाई उचित उपचार उपलब्ध गराउन पाकिस्तानका तीन प्रमुख अदालतका प्रधानन्यायाधीशहरूसँग अपिल गरेका हुन्। इमरानले सोमबार संघीय संवैधानिक अदालत, सर्वोच्च अदालत […]

Continue Reading