अस्तव्यस्त बन्यो अमेरिका : विमान रोकिए, माइक्रोसफ्ट बन्द, बैंकिङ सेवामा पनि समस्या

अमेरिकामा पाँच दिनभित्रै एकपछि अर्को प्रविधि प्रणालीमा समस्या देखिएपछि सर्वसाधारणमा चिन्ता बढेको छ।पहिले माइक्रोसफ्टका इमेल तथा कार्यालयसम्बन्धी सेवा अवरुद्ध भए। त्यसपछि हवाई उडान प्रभावित भए भने सोमबार (स्थानीय समयअनुसार) बैंकिङ सेवा र पैसा पठाउने प्रणालीमा समेत समस्या देखियो। अमेरिकाको संघीय उड्डयन प्रशासनको हवाई ट्राफिक नियन्त्रण प्रणालीमा समस्या आएपछि देशभरका उडान केही घण्टाका लागि रोकिएका थिए। […]

Continue Reading

इरानमा यात्रुवाहक बस दुर्घटना : कम्तिमा १० को मृत्यु, १८ घाइते

इरानको पश्चिमी प्रान्त इलाममा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । त्यस्तै, १८ जना घाइते भएका छन् । अर्धसरकारी समाचार संस्था फार्सका अनुसार  स्थानीय समयअनुसार साँझ ७ः२५ बजे देहलोरान जिल्लाको दश्त–ए अब्बासबाट अब्दानान जिल्लाको मुर्मुरीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बसमा देहलोरानस्थित एक पेट्रोलियम प्रशोधन कम्पनीका कर्मचारी सवार थिए । इलाम […]

Continue Reading

सुडान र इथियोपियाबीच तनाव चुलिदैं, नयाँ क्षेत्रीय युद्ध सुरु हुने जोखिम

अफ्रिकाका दुई छिमेकी देश सुडान र इथियोपियाबीचको तनाव चुलिएको छ । दुवै देशले आ–आफ्नो देशमा संघर्ष गरिरहेका सशस्त्र समूहहरूलाई छिमेकीले सघाएको आरोप लगाएका छन् । इथियोपियाले सुडानी सेनासँग लडिरहेका अर्धसैन्य बलहरूलाई आफ्नो भूभाग प्रयोग गरी शिविर खडा गर्न, ड्रोन उडाउन र सीमापार आक्रमणहरू गर्न छुट दिएको आरोप सुडानको छ । गत नोभेम्बरको सुरुआतमा सुडानी सेनाले यससम्बन्धी प्रमाणसहित इथियोपियाविरुद्ध […]

Continue Reading

प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री बालेन शाह मंसिर ६ गते (नोभेम्बर २२ तारिक) भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी मंसिर ६ गते आइतबार नयाँ दिल्ली जान लागेका हुन्। प्रधानमन्त्री बालेनले मंसिर ७ गते सोमबार औपचारिक वार्ता र भेट सुरु गर्नेछन्। उनले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदी लगायत विशिष्ट अधिकारीहरू भेटवार्ता छन्। सोही […]

Continue Reading

हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन

बंगलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ। निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ।हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन्। पार्टी प्रतिबन्धित रहेकाले उनीहरूका प्रदर्शनमा […]

Continue Reading

सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि

चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी नोभेम्बर १९ मा शेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठक हुने पुष्टि गरेको छ । तीन प्रमुख शक्तिका राष्ट्रप्रमुखबीच हुन लागेको यस बैठकलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिक दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा राष्ट्रपति सीले […]

Continue Reading

४६ वर्षको उमेरमा मैदान फर्किए दिग्गज फुटबलर रोनाल्डिन्हो

ब्राजिलका दिग्गज फुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः फुटबल मैदानमा फर्किएका छन्।उनले आइतबार इटालीको तेस्रो डिभिजनको क्लब राभेन्नाबाट खेल खेलेका हुन्। उक्त खेलमा राभेन्नाले २–० गोलको जित हासिल गरेको थियो। रोनाल्डिन्होले सन् २०१५ मा फ्लुमिनेन्सेका लागि आफ्नो अन्तिम खेल खेलेका थिए। त्यसपछि उनले व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। गत अगस्टमा उनी राभेन्ना क्लबमा लगानीकर्ताका रूपमा […]

Continue Reading

भ्रष्टाचार हटाउन १८ वर्षदेखि उल्लुको पूजा !

भारतको उत्तर प्रदेशस्थित शाहजहाँपुरमा सामाजिक कुरीति, भ्रष्टाचार र गम्भीर समस्याबाट छुटकारा पाउन मानिसहरूले झन्डै दुई दशकदेखि उल्लु (लाटाे काेसेराे)को पूजा गर्दै आएका छन्। विगत १८ वर्षदेखि चल्दै आएको यो परम्परामा सहरका प्राध्यापक, डाक्टर, इन्जिनियर र बुद्धिजीवीसमेत सहभागी हुने गरेका छन्। यो पूजामार्फत उठाइएका समस्याहरू एक वर्षभित्र कमजोर हुने वा समाप्त हुने विश्वास गरिन्छ। गत वर्ष […]

Continue Reading

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने क्यानण्डाको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् । आज सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय गर्ने बताए  । अमेरिकी […]

Continue Reading

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्र तेस्रो त्रैमासिकमा स्थिर भएको छ।जुलाईदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा कुनै वृद्धि नभएको सरकारी तथ्याङ्कले देखाएको छ। यो विश्लेषकहरूको ०.१ प्रतिशत वृद्धिको अनुमानभन्दा कमजोर हो । तेलको मूल्य वृद्धि र कमजोर येनका कारण आयात महँगिँदा उपभोक्ता खर्च प्रभावित भएको छ । तेस्रो त्रैमासिकमा निजी उपभोग ०.३ […]

Continue Reading