भ्रष्टाचार हटाउन १८ वर्षदेखि उल्लुको पूजा !

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भारतको उत्तर प्रदेशस्थित शाहजहाँपुरमा सामाजिक कुरीति, भ्रष्टाचार र गम्भीर समस्याबाट छुटकारा पाउन मानिसहरूले झन्डै दुई दशकदेखि उल्लु (लाटाे काेसेराे)को पूजा गर्दै आएका छन्।

विगत १८ वर्षदेखि चल्दै आएको यो परम्परामा सहरका प्राध्यापक, डाक्टर, इन्जिनियर र बुद्धिजीवीसमेत सहभागी हुने गरेका छन्। यो पूजामार्फत उठाइएका समस्याहरू एक वर्षभित्र कमजोर हुने वा समाप्त हुने विश्वास गरिन्छ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्कसम्बन्धी नीतिको विरोधमा उल्लुको पूजा गरिएको थियो। यसपटक भने स्थानीय भ्रष्टाचार, भत्किएका सडक, अन्तर्राष्ट्रिय शान्ति र निर्वाचन आयोगसँग सम्बन्धित विषयलाई पूजामा समावेश गरिएको छ।

आयोजकहरूका अनुसार समाजमा फैलिएका गलत गतिविधिविरुद्ध आवाज उठाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो। यसका साथै मानिसहरूलाई उनीहरूको कर्तव्यबारे सम्झाउनु पनि कार्यक्रमको अर्को उद्देश्य रहेको उनीहरूले बताए।

स्थानीयले विगत पाँच वर्षदेखि भ्रष्टाचारको समस्या भोगिरहेको बताएका छन्। उनीहरूका अनुसार सामान्य काममा समेत बढी खर्च देखाउने गरिएको छ। आफ्ना गुनासो र उजुरीबारे सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेको उनीहरूको गुनासो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *