अमेरिकाको लस एन्जलसमा भूकम्प, ११५ माइल टाढासम्म धक्का महसुस

अन्तराष्ट्रिय अर्थ शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अमेरिकाको लस एन्जलस क्षेत्रमा शुक्रबार बिहान (स्थानीय समयअनुसार) भूकम्प गएको छ। ४.४ म्याग्निच्युडको भूकम्पको धक्का लस एन्जलसबाट ११५ माइल टाढासम्म महसुस गरिएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्प क्यालिफोर्नियाको कमर्स क्षेत्रबाट करिब आधा माइल उत्तर-उत्तरपश्चिममा गएको थियो। उक्त स्थान लस एन्जलस सहरबाट करिब ७ माइल टाढा पर्छ।

यूएसजीएसका अनुसार भूकम्पको धक्का लस एन्जलसबाट करिब ८० माइल उत्तरमा रहेको ल्यान्कास्टर र ११५ माइल दक्षिणमा रहेको पोवे क्षेत्रमा समेत महसुस गरिएको थियो। भूकम्प गएको जानकारी पाएपछि विभिन्न क्षेत्रका मानिसहरूले धक्का महसुस गरेको बताएका थिए।

भूकम्पबाट भएको क्षति वा मानवीय चोटपटकबारे तत्काल कुनै विवरण प्राप्त नभएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *