इरानमा यात्रुवाहक बस दुर्घटना : कम्तिमा १० को मृत्यु, १८ घाइते

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

इरानको पश्चिमी प्रान्त इलाममा भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । त्यस्तै, १८ जना घाइते भएका छन् । अर्धसरकारी समाचार संस्था फार्सका अनुसार  स्थानीय समयअनुसार साँझ ७ः२५ बजे देहलोरान जिल्लाको दश्त–ए अब्बासबाट अब्दानान जिल्लाको मुर्मुरीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो ।

बसमा देहलोरानस्थित एक पेट्रोलियम प्रशोधन कम्पनीका कर्मचारी सवार थिए । इलाम चिकित्सा विज्ञान विश्वविद्यालय  आपत्कालीन चिकित्सा सेवा विभागका प्रमुख मेहदी शाबानीका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार टोली, १० वटा एम्बुलेन्स र एउटा एम्बुलेन्स बस घटनास्थलमा परिचालन गरिएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि इलाम तथा छिमेकी खुजेस्तान प्रान्तका अस्पतालमा लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।दुर्घटनाको कारणबारे सम्बन्धित सरकारी निकायले अनुसन्धान गरिरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने फार्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *