एमालेलाई काठमाडौं महानगरले इमेलमार्फत् पठायो पत्र

एक लाख रूपैयाँ जरिवाना गरिएको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेपछि काठमाडौं महानगरपालिकाले इमेलमार्फत् पत्र पठाएको छ।सोमबार महानगर प्रहरीबाट इमेलमार्फत् नेकपा एमालेको केन्द्रीय कार्यालयलाई पत्र पठाइएको हाे । केन्द्रीय कार्यालयले आफू आयोजक नभएको भन्दै पत्र बुझ्‍न अस्वीकार गरेपछि आज महानगर प्रहरी बलबाट इमेलमार्फत् पत्र पठाइएको बताएकाे छ । आइतबार महानगर प्रहरीको टोली एमाले केन्द्रीय कार्यालय […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको  छ । त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको […]

Continue Reading

सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या बढ्यो

विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या ७० प्रतिशतले बढेको छ। चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको संख्या ७० प्रतिशतले बढेको हो। पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। […]

Continue Reading

१० युट्युब च्यानल कारबाहीमा

अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारबाही गरेको छ ।तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन् । मिडिया अन्तरगत दर्ता सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ । काउन्सिलले पछिल्लो समयमा […]

Continue Reading

राहदानी विभागको सेवा सुचारु

काठमाडौँ । राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा सुचारु भएको छ । सोमबार साँझ विभागले सूचना जारी गर्दै सेवा सुचारु भएको जानकारी गराएको हो । राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेकाले राहदानी सेवा अवरुद्ध भएको थियो । सेवा सुचारु भएकाले सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको […]

Continue Reading

नेपालका सन्जितलाई डब्लुएमएसी वेल्समा स्वर्ण र रजत

नेपालका सन्जितकुमार राई डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जितेका छन  । युकेको इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा आइतबार भएको प्रतियोगितामा सन्जितले एक स्वर्ण र एक रजत जितेका हुन  । उनले क्रिएटिभ फम्सको मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायलमा स्वर्ण जितेका हुन  । यस स्पर्धामा उनले २६.७ अङ्क जोडेका थिए । उनले […]

Continue Reading

युक्रेनद्वारा रुसी तेल तथा ऊर्जा केन्द्रमा प्रहार

युक्रेनले आज  रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको छ । युक्रेनी सहर खार्किभका अधिकारीहरूले रुसको सीमा नजिकैको सहरको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट  १९ जना घाइते भएको बताएका छन् । पछिल्लो समयमा मस्को र किएभले सीमापार ड्रोन तथा क्षेप्यास्त्र आक्रमणलाई तीव्र बनाइरहेका छन् । रुसले गत हप्ता […]

Continue Reading

सरकारि नाटकमा सहभागी नहुने महानगरको घोषणा

काठमाडौं महानगरपालिकाले यस वर्ष लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान नमनाउने भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानलाई लक्षित गरेर कुनै पनि कार्यक्रम नगरिने महानगरले जनाएको छ । वर्षभरि सञ्चालन गरिने कार्यक्रमलाई अनदेखा गरेर सरोकारवाला निकायले १६ दिने कार्यक्रम गर्नु नाटक भएको उसको ठहर छ । महानगरले आफू त्यस्तो देखावटी […]

Continue Reading

सुनको भाउमा भारि गिरावट

आइतवार प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँ रहेको सुनको नेपाली बजार भाउ आज १ लाख ५१ हजार ३०० मा झरेको छ । पछिल्लो २४ घण्टामा सुनको भाउ तोलामा झण्डै १६ हजारले घटेको छ । सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय आजदेखि कार्यान्वयन गरेकाले सुनको भाउ घटेको बताइन्छ । गत बिहीबारको […]

Continue Reading

संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

आसन्न उपनिर्वाचनका क्रममा आइपर्ने समस्या तत्काल समाधान गर्ने उद्देश्यले आजदेखि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ ।   आयोगका सचिव रविलाल पन्थको संयोजत्वमा सञ्चालित केन्द्रबाट आयोगका निर्णयको कार्यान्वयन अवस्था, आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षबारे नियमित रूपमा जानकारी लिई तत्कालै समस्या समाधान गरिने […]

Continue Reading