साफ महिला च्यम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपाल भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आज भएको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि समूहको पहिलो खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको थियो । नेपालको जितमा रश्मीकुमारी घिसिङले पहिलो हाफको […]

Continue Reading

एकै दिन सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढ्यो

विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो । गत शुक्रबार रु दुई लाख ९० हजार ६०० मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, […]

Continue Reading

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमा बन्दी पुनर्विचार गर्न आग्रह गरेका छन् । कङ्गोको उत्तरपूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रण प्रयासलाई कठिन बनाउने मात्र होइन, पारदर्शिता र […]

Continue Reading

राप्रपा महामन्त्री धवलशमशेरद्वारा पार्टीबाट अलग भएको घोषणा

 प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टीबाट अलग भएका छन् । उनले नयाँ अभियान सुरु गर्ने घोषणा गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन  । उनले आज  एक विज्ञप्तिमार्फत राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गरिएको बताएका छन् । उनले उक्त अभियानमा नयाँ पुस्तालाई सहभागी हुन समेत आग्रह गरेका छन्  । ‘राप्रपामा आबद्ध […]

Continue Reading

सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध छ : परराष्ट्र मन्त्रालय

नेपाल–भारत सीमाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले संसद्मा व्यक्त गर्नुभएको विषयमा सञ्चारमाध्यमबाट सोधिएका प्रश्नहरूका बारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका  छन्। नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा यस मन्त्रालयले २०८३ वैशाख २० गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको […]

Continue Reading

कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार

आकर्षक रोजगारी र उच्च आम्दानीको प्रलोभनमा पारेर भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा पुर्‍याई बन्धक बनाइएका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासले उनीहरूको उद्धार गरी नेपाल पठाइएको तथा रूपन्देही प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ। रोजगारीको प्रलोभनमा ठगी गर्ने गिरोहमाथि अनुसन्धान सुरु दूतावासका अनुसार रोजगारीको नाममा विभिन्न प्रलोभन देखाएर नेपाली नागरिकलाई भारतका विभिन्न स्थानमा पुर्‍याउने, […]

Continue Reading

जडीबुटीमा गोली हानि लुटेरा पक्राउ

काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएको छ । जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली प्रहार गरेर एक जना लुटेरालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । जडीबुटीमा प्रहरीसँग मुठभेट हुँदा जवाफी कारबाही गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका […]

Continue Reading

‘आकर्षणको मुखुन्डो उतारौँ, निकोटिन र सुर्तीको लतविरुद्ध प्रतिकार गरौँः विश्व धूमपानरहित दिवस

नेपालमा सुर्तीजन्य पदार्थका कारण वार्षिक ३९ हजार दुई सय जनाको मृत्यु हुने गरेको छ । सरकारले सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न नसक्दा उद्योगीले सुर्ती मात्र होइन, निकोटिनका नयाँ उत्पादनतर्फ युवापुस्तालाई फसाउँदै छन् । सुर्तीजन्य पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्नेमा नेपालमा सुर्तीजन्य पदार्थमा ३५ प्रतिशतभन्दा बढ्न सकेको छैन । सुर्तीजन्य पदार्थ उत्पादनको नियन्त्रणका लागि थप कडा नीतिगत […]

Continue Reading

पुरा भएन कलङ्की–बसुन्धारा सडक विस्तार एक दशकमा पनि

काठमाडौँ उपत्यकाको जीवनरेखा  मध्यकाे एक चक्रपथको कलङ्की–बसुन्धारा चोक (दोस्रो खण्ड) को विस्तार कार्य एक दशकदेखि अलपत्र र अस्तव्यस्त छ । सो खण्डको विस्तारका लागि २०७४ माघ ४ गते नेपाल र चीनबिच प्रारम्भिक सम्झौता भए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । कलङ्की–बसुन्धारा चोकसम्मको दुरी ८.२ किलोमिटर छ । सम्बन्धित निकायले आवश्यक तयारी पूरा नगर्दा काम सुरु हुन […]

Continue Reading

आज देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

आज  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई […]

Continue Reading