साफ महिला च्यम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

समाचार

नेपाल भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आज भएको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालको यो लगातार दोस्रो जित हो ।

यसअघि समूहको पहिलो खेलमा नेपालले भुटानलाई १–० गोलले हराएको थियो । नेपालको जितमा रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समय र कप्तान रेनुका नगरकोटे ६०औँ मिनेटमा गोल गरे  ।

जितसँगै दुई खेलबाट ६ अङ्क बनाएको नेपाल समूह ‘ए’ को शीर्षस्थानमा छ । यस समूहमा भुटान र श्रीलङ्का रहेका थिए । यस्तै बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स रहेका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ ।

साफ महिला च्यम्पियनसिपमा पटक पटक फाइनलमा पुगेको नेपालले हालसम्म उपाधि जित्न सकेको छैन । यस पटक नेपाली टोली उपाधि जित्ने लक्ष्यका साथ गोवा गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *