नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ १६ पैसा र बिक्रीदर १५३ रुपियाँ ७६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ६० पैसा र बिक्रीदर १७५ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ २५ पैसा र बिक्रीदर २०५ रुपियाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ०१ पैसा र बिक्रीदर १८८ रुपियाँ ७४ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ २७ पैसा र बिक्रीदर १०७ रुपियाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ५९ पैसा र बिक्रीदर १०९ रुपियाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ७५ पैसा र बिक्रीदर ११९ रुपियाँ २२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६४ पैसा र बिक्रीदर २२ रुपियाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ८० पैसा र बिक्रीदर ४० रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ०१ पैसा र बिक्रीदर ४२ रुपियाँ १८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ७० पैसा र बिक्रीदर ४१ रुपियाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ४३ पैसा र बिक्रीदर १० रुपियाँ ४७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८२ पैसा र बिक्रीदर १५ रुपियाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३६ पैसा र बिक्रीदर २३ रुपियाँ ४५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५३ पैसा र बिक्रीदर १९ रुपियाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ ६० पैसा र बिक्रीदर ४९९ रुपियाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपियाँ २१ पैसा बिक्रीदर ४०७ रुपियाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९९ रुपियाँ ३६ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
