आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी , बागमती , गण्डकी प्रदेशका उच्च/पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च/पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।
