प्रधानमन्त्रीलाई पूर्वमुख्यमन्त्री कार्कीकाे आराेप – धार्मिक आस्थाको अपमान गर्नु जघन्य अपराध हो

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रधानमन्त्री  के.पी शर्मा  ओलीलाइ  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता केदार कार्कीले कसैको धार्मिक आस्थाको अपमान गर्नु जघन्य अपराध भएको आराेप लगाएका छन्।

‘राज्यको प्रमुख व्यक्तिले कसैको धार्मिक आस्थाको अपमान गर्नु या होच्याउनु जघन्य अपराध हो, प्रधानमन्त्रीज्यू,’ कार्कीले प्रधानमन्त्रीलाई सम्बोधन गरेर फेसबूकमा लेखेका छन्।

प्रधानमन्त्री ओलीले यसअघि भगवान् शिव चाम्लिङ हुन सक्ने अनुमान लगाएका थिए। सोमबार नेकपा (एमाले)को पर्यटन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दाबी नभएको तर, शिव चाम्लिङ हुनसक्ने बताएका थिए।

त्यसका प्रत लक्षित गर्दै कार्कीले प्रधानमन्त्री ओलीलाई यस्ताे आराेप लगाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *