०४६ सालपछि लाभको पदमा पुग्नेकाे सम्पत्ती छानबिन गराैः उपसभापति गुरुङ:

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले २०४६ सालयता लाभको पदमा पुग्ने सबै नेता तथा कर्मचारीको सम्पत्ति छानबिनको एजेन्डा पार्टीले बोक्नुपर्ने प्रस्ताव राखेका छन्।

एक हप्ता बसेर सोमबार सकिएको केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो प्रस्ताव राखेका हुन्। ‘२०४६ सालपछि लाभको पदमा पुगेका सबै नेता र कर्मचारीको सम्पत्ति छानबीन गर्ने एजेन्डा कांग्रेसले लिनुपर्छ,’ उनले भने।

उपसभापति गुरुङले यो प्रस्ताव पहिलो पटक गरेका भने होइनन्। पार्टीभित्र र बाहिर उनले प्राय: यो प्रस्ताव दोहोर्‍याउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *