मध्यपूर्व तनाव कम हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी अधिकारीहरुले शान्ति वार्तामा प्रगति भइरहेको जानकारी दिएपछि सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । पश्‍चिम एशिया क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने चर्चासँगै मूल्य घटेको हो । सोमबार एक समय वेस्ट टेक्सास कच्चा तेल घटेर ९१.२५ अमेरिकी डलरमा कारोबार भयो […]

Continue Reading

बाढीले क्षतिग्रस्त बीपी राजमार्गको पुनःनिर्माण जापान सरकारको सहयोगमा सुरू

बाढीका कारण क्षतिग्रस्त भएको सिन्धुलीस्थित बीपी राजमार्गको आपतकालीन पुनःनिर्माण सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानी राजदूत माएदा तोरुले  सडक पुनःनिर्माणको औपचारिकरूपमा शिलान्यास गरेका हुन्। नेपालस्थित जापानी दूतावासद्वारा जारी विज्ञप्तिअनुसार पुनःस्थापना कार्य जापानको अग्रणी निर्माण कम्पनी शिमिजु कर्पोरेसनले गर्नेछ। मध्य तथा पूर्वी तराईलाई राजधानी काठमाडौंसँग जोड्ने […]

Continue Reading

आजकाे विनिमय दर

नेपाल राष्ट्र बैंकले आज मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम गरिएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर […]

Continue Reading

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हरायो । प्रस्पिर्धात्मक खेलमा नेपालका लागि गिता रानाले गोल गरिन्। गिताले २३औँ मिनेटमा गरेकाे गोलनै नेपालको जितमा प्रयाप्त बन्यो । ६ टोली सहभागी च्याम्पियनसिपमा नेपल समूह ‘ए’ मा रहेको छ । यस समूहमा श्रीलङ्का र […]

Continue Reading

प्रधानमन्त्री साहसँग आज कूटनीतिज्ञहरूको छलफल

प्रधानमन्त्री वालेन्द्र साहले मङ्गलबार काठमाडौँस्थित युरोपेली सङ्घ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री साहले मङ्गलबार बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ  । प्रधानमन्त्री साहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे […]

Continue Reading

चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच इरानको विषयमा बेइजिङमा छलफल

चिनियाँ राष्ट्रपति सी जिनपिङ र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ।पाकिस्तानले सार्वजनिक गरेको भिडियोमा शाहबाज शरीफले चिनियाँ नेताहरूसँग कुरा गरिरहेको देखिन्छ। बीबीसी उर्दूले उल्लेख गरेअनुसार पाकिस्तानी प्रधानमन्त्रीले खाडी संकटका कारण विश्व एक नाजुक चरणबाट गुज्रिरहेको र पाकिस्तानले अमेरिका र इरान बीच मध्यस्थता गर्न इमानदारीपूर्वक काम गरेको बताएका थिए। उनले असीम मुनीरले पाकिस्तानी […]

Continue Reading

ठमेलमा ‘अश्लील’ हर्कत गर्ने २१ जना विदेशी महिला पक्राउ

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २१ जना विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमै पैसाको बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई समेत दु:ख हैरानी दिने गरेको सूचनाका आधारमा ठमेलका विभिन्न स्थानमा निगरानी र चेकजाँच गरिएको थियो। सो क्रममा युगान्डा, बंगलादेश, केन्या र भियतनामका महिला […]

Continue Reading

अमेरिकी समुद्री किनारमा भागदौड मच्चिँदा १९ जना घाइते

अमेरिकाको साउथ क्यारोलिना राज्यको एट्लान्टिक बिचमा आइतबार बिहान भागदौड मच्चिँदा कम्तीमा १९ व्यक्ति घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । होरी काउन्टी अग्नि नियन्त्रण तथा उद्धार सेवाले सामाजिक सञ्जालमा एक पोस्टमा भनेको छ, “आपतकालीन प्रतिक्रियाकर्ताहरूलाई स्थानीय समयअनुसार बिहान १ बजे एट्लान्टिक बीचको ‘साउथ ओशन बुलेभाडर्’ नजिकैको स्टेज क्षेत्रमा पठाइएको थियो। संस्थाका अनुसार घटनामा १९ जना […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८१ पैसा र बिक्रीदर १५३ रुपियाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ३१ पैसा र बिक्रीदर १७८ रुपियाँ रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपियाँ […]

Continue Reading

सम्भावित सम्झौताबारे इरान र अमेरिकाको फरक फरक व्याख्या

संयुक्त राज्य अमेरिका र इरान मध्यपूर्वमा फैलिएको र विश्व तेल बजारमा अवरोध पुर्याउने युद्धको अन्त्य गर्ने सम्झौताको नजिक देखिएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वले केही राम्रो समाचार प्राप्त गर्न सक्ने बताएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्ने सम्झौता भएको घोषणा गरेका छन्  । ट्रम्पको घोषणा अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता […]

Continue Reading