साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हरायो । प्रस्पिर्धात्मक खेलमा नेपालका लागि गिता रानाले गोल गरिन्। गिताले २३औँ मिनेटमा गरेकाे गोलनै नेपालको जितमा प्रयाप्त बन्यो ।

६ टोली सहभागी च्याम्पियनसिपमा नेपल समूह ‘ए’ मा रहेको छ । यस समूहमा श्रीलङ्का र भुटान छ ।  समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स रहेको छ ।नेपालले समूहको दोस्रो खेल मे ३१ मा श्रीलङ्कासँग खेल्नेछ । समूहमा शीर्ष दुई टोली सेमफाइनलमा प्रवेश गर्नेछन् । दुई साताअघि मात्र तयारी सुरु गरेको नेपालले उपाधि जित्ने दाबी गर्दै भारत गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *