काठमाडौँ महानगरपालिका–१२, टेकु दोभान स्थित वंशिघाट बाग्मती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको खोजीकार्यको लागि सशस्त्र प्रहरी परिचालन भएको छ । सोही ठाउँ बस्ने ८ वर्षीय सुदीप गौतम पौडी खेल्ने क्रममा भदौ ७ गते दिउँसो साढे २ बजे नदीमा डुबेर बेपत्ता भएको जानकारी दिइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलवाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा विपत् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज बालकको खोजीकार्यमा परिचालित भएको जानकारी सशस्त्रले दिएकाे छ ।
