माइतीघरमा द्वन्द्वपीडितको विरोध प्रदर्शन

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालीन न्यायसंगसम्बन्धी आयोगहरु गठन गर्नुपर्ने माग राख्दै द्वन्द्वपीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आम द्वन्द्वपीडित समूदायले आफूहरुसँग संवाद गर्दै विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्यनिरुपण तथा बेपत्ता छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै बिहीबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले पीडितको अर्थपूर्ण सहभागिता बिना गरिने न्यायको निर्णय पीडितको पक्षमा हुन नसक्ने जनाएका छन् । द्वन्द्वपीडितका समस्या समाधानका लागि द्वन्द्वपीडित समुदायसँग संवाद र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न समेत माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *