अनिलको कप्तानीमा नेपाल ʻएʼले आसामसँग खेल्ने, आदिलले पनि पाए मौका

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भारतको गुवाहाटीमा नेपाल ʻएʼ टिमले आसामको राज्य टिमसँग पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नेपाल ʻएʼ टिमको घोषणा गरेको हो। सिरिज भदौ १० देखि १८ (अगस्ट २६ देखि सेप्टेम्बर ३) सम्म हुने  छ।

क्यानले अनिल साहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। अनिलले नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका छन्। टोलीमा आदिल अन्सारीले पनि मौका पाएका छन्।

नेपाली टोली: 

अनिल साह (कप्तान), अर्जुन घर्तीमगर, तृतराज दास, सुभ कन्साकर, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, विवेक कुमार यादव, पवन सराफ, बसिर अहमद, आकाश चन्द, कमल सिंह ऐरी, मोहम्मद आदील आलम अन्सारी, शेर मल्ल, युवराज खत्री र सागर ढकाल टाेलिमा रहने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *