एउटै सिजनमा लाप्राकका १७ जनाले चढे सगरमाथा

आरोहीको गाउँ भनेर चिनिने गाेरखाकाे लाप्राकका १७ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यो सिजनमा मात्रै लाप्राकबाट धार्चे गाउँपालिका–४ लाप्राकका १३ जनाले सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पुरबहादुर गुरुङ (युक्त) ले जानकारी दिए। लाप्राकका पुरबहादुर गुरुङ (युक्त)ले यो वर्ष १०औंपटक सगरमाथाको सफल आरोहण गरेका छन्। त्यस्तै सुमन गुरुङले यो वर्षसहित ८ पटक आरोहण गरेका […]

Continue Reading

साइबर अपराध बढ्दो ठगी

गत हप्ता काठमाडौँको एक सरकारी विद्यालयका शिक्षक आफ्नै प्राचार्यको मोबाइलबाट आएको एक सन्देशबाट ठगिए  । माथिल्लो तलामा रहेका प्राचार्यको मोबाइलबाट भुइँतलामा रहेका शिक्षकलाई ‘म मिटिङमा छु, जरुरी काम पर्याे, २५ हजार रुपियाँ पठाइदिनु’ भन्ने म्यासेज आयो । कक्षा कोठाबाट बाहिरिँदै शिक्षकले प्राचार्यलाई रकम पठाउँदा ह्वाटस् एप ह्याक भई रकम ठगी भइसकेको थियो । अपरिचित डा. […]

Continue Reading

मकाउमा रविन्द्र ढाँटलाई भव्य सम्मान

अन्तर्राष्ट्रिय मिश्रित मार्सल आर्ट ‘एमएमए’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाएका नेपाली फाइटर रविन्द्र ढाँटलाई मकाउमा रहेका नेपाली समुदाय तथा विभिन्न संघसंस्थाले भव्य सम्मान गरेका छन् । साढे ६ लाख रुपैयाँबढी आर्थिक सहयोग हस्तान्तरण फिलिपिन्सका चर्चित फाइटरलाई पराजित गर्दै ‘यूएफसी छनोट’ प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेपछि उनको सम्मानमा विशेष कार्यक्रम आयोजना गरिएको हो । […]

Continue Reading

मलेसियामा १६ वर्षमुनिलाई सामाजिक सञ्जाल प्रतिबन्ध

मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नयाँ कानुनी व्यवस्था लागु गरेको छ । सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियम अनुसार १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन् । नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ । साथै, १६ […]

Continue Reading

नेपाल एसियन गेम्स पुरुष क्रिकेटमा छनोट

नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई नौ विकेटले हराएपछि नेपालले जापानमा आयोजना हुने आसन्न एसियन गेम्समा स्थान बनाएको हो । जितका लागि ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ७.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । यसअघि पहिले ब्याटिङ गरेको चीनले निर्धारित […]

Continue Reading

नेपाल र भारतबिचको सीमा मामिलामा तेस्राे देशकाे संलग्नता अस्विकार्य : भारतीय विदेश मन्त्रालय

भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ ।मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा दुई देशबिचको सीमाङ्कनको कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै यस्तो बताए  । प्रवक्ता जयसवालले गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमाङ्कनका विषय सुल्झिन […]

Continue Reading

इजरायलको उच्च प्रविधि क्षेत्र २०२५ मा ८.२ प्रतिशतले वृद्धि : प्रतिवेदन

इजरायलको उच्च प्रविधि (हाई–टेक) क्षेत्रले सन् २०२५ मा ८.२ प्रतिशतको वृद्धि हासिल गरेको एक नयाँ वार्षिक प्रतिवेदनले देखाएको छ । इजरायल इनोभेसन अथोरिटीद्वारा आइतबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा बढ्दो संरचनागत चुनौतीका बाबजुद पनि यो क्षेत्र देशको अर्थतन्त्रको प्रमुख चालकका रूपमा रहेको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, गत वर्ष पनि हाई–टेक क्षेत्र ८.२ प्रतिशतले विस्तार भएको […]

Continue Reading

काठमाडौं-शेन्जेन सिधा उडान सुरु गर्दै हिमालय एयरलाइन्स

नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ। कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो। नयाँ उडान सेवाअन्तर्गत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच साप्ताहिक दुई उडान […]

Continue Reading

नेपालमा मनसुन कहिले देखी ?

दक्षिण-पश्चिम मनसुन प्रवेशमा ढिलाइ हुने संकेत बलियो बन्दै गएको छ । यस वर्ष दक्षिण भारतीय राज्य केरलमै तत्काल मनसुन भित्रने संकेत नदेखिएकाले त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने मौसमविद्हरूले बताएका छन् । गत वर्ष नेपालमा सरदरभन्दा १५ दिन अगावै मे २९ मा मनसुन भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्याल भारतमै मनसुन प्रणाली विकसित […]

Continue Reading

नेपालमा सेवा दिन खोज्दै एलन मस्कको कम्पनी, सञ्चारमन्त्रीसँग निर्देशकको भेट

स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तर्रास्ट्रिय  कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गरेकी छन् । भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर केही नीतिगत तथा कानुनी जटिलताका कारण अनुमती पाउन नसकेको बताएकाे मन्त्रालयको सचिवालयले जनाएको छ । लाइसेन्समा शतप्रतिशत स्टारलिंककै स्वामित्व […]

Continue Reading