श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित

श्रीलंकामा हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता श्रीलंकन प्रिमियर लिग (एलपीएल) मा नेपालका ३ प्रमुख खेलाडी स्पिनर सन्दीप लामिछाने अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल अनुबन्धित भएका छन्। सन्दीप र दीपेन्द्रलाई जाफ्ना किङ्सले टोलीमा समावेश गरेको छ भने कुशल भुर्तेललाई कोलम्बो क्यापिटल्सले खरिद गरेको हो। यससँगै नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उपस्थिति थप मजबुत बनेको देखिएको […]

Continue Reading

अमेरिकाले गर्‍यो नयाँ अध्यागमन नीति घोषणा

अमेरिकाले आफ्नो अध्यागमन नीतिमा ठुलो परिवर्तन गर्दै अब अधिकांश ग्रिन कार्ड चाहने विदेशी नागरिकहरूले अमेरिकाभित्रै बसेर आवेदन दिन नपाउने व्यवस्था लागू गरेको छ। नयाँ नियमअनुसार उनीहरूले आफ्नै देश फर्केर अमेरिकी दूतावास वा कन्सुलेटमार्फत प्रक्रिया अघि बढाउनुपर्नेछ। बिबिसीका अनुसार अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले शुक्रबार सार्वजनिक गरेको नयाँ निर्देशिकामा विशेष अवस्थाबाहेक अमेरिकाभित्रबाट `स्टाटस एडजस्टमेन्ट´ गरी स्थायी बसोबास […]

Continue Reading

इबोला संक्रमण बढेपछि डब्लुएचओको आपत्कालीन बैठक

प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी)मा इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या १३१ पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपत्कालीन बैठक बोलाएको छ । अन्तर्राष्ट्रिय विज्ञहरू सम्मिलित यस टोलीले डब्लुएचओ प्रमुखलाई प्राविधिक सल्लाह र सिफारिस प्रदान गर्छन् । यसबिच कंगोका स्वास्थ्यमन्त्री स्यामुयल रोज काम्बाका अनुसार इबोला संक्रमितको संख्या ५१३ जनासम्म पुगेको बताए । कंगोले जारी गरेको पछिल्लो शंकास्पद संक्रमित र मृतकको संख्या […]

Continue Reading

अमेरिकासँगको सम्झौतामा ‘लेबनान युद्धविराम’ प्रमुख शर्तः इरान

मध्यपूर्व युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिकासँग कुनै पनि सम्झौताका लागि लेबनानमा युद्धविराम एक प्रमुख शर्त भएको इरानको विदेश मन्त्रालयले सोमबार जनाएको छ। ‘हामी युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौताका लागि लेबनानमा युद्धविराम अनिवार्य शर्त भएको कुरामा जोड दिन्छौँ,”’ लेबनानमा इजरायलले आक्रमण विस्तार गरेपछि प्रतिक्रिया दिँदै इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बघाईले भने।इजरायली प्रधानमन्त्री बेन्जामिन […]

Continue Reading

नेपाली भूमिमा तटबन्ध बनाउन भारतीय एसएसबीको अवरोध

नारायणी नदीको कटानबाट सुस्ता बचाउनका लागि नेपालले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा निर्माण गर्न लागेको तटबन्ध निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको छ । नेपालले आफ्नै भूमिमा तटबन्ध बनाउन खोज्दा पनि एसएसबीले अवरोध गरेको निर्माण आयोजनाका अधिकारीहरूको भनाइ छ । सुस्ता पुलबाट उत्तरतर्फ नेपाल–भारत सीमाभन्दा ५० मिटर वरै आफ्नै भूमिमा तटबन्ध बनाउन खोज्दा एसएसबीले अवरोध […]

Continue Reading

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, माफी माग्न माग

नेकपा (एमाले)ले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार, तथ्यहीन र राष्ट्रिय हितविपरीत रहेको बताएका छन्। आचार्यले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले संसद्को रोस्ट्रमबाट ‘नेपालले पनि अरूको सीमा मिचेको छ’ भन्नु अत्यन्तै खेदजनक रहेको उल्लेख गरेका छन्। ऐतिहासिक दस्ताबेज, नक्सा […]

Continue Reading

खानीका लागि राखिएको विस्फोटक पदार्थ पड्किँदा म्यानमारमा ५५ जनाको मृत्यु

म्यानमारको उत्तर-पूर्वी क्षेत्रमा आइतबार खानीका लागि राखिएको विस्फोटक पदार्थ भण्डारण गरिएको एक घरमा शक्तिशाली विस्फोट हुँदा ५५ जनाको मृत्यु भएको छ भने करिब ७० जना घाइते भएका छन्। उद्धारकर्मी र स्थानीय सञ्चार माध्यमहरूका अनुसार यो घटना नामखाम टाउनसिपको काउङतुप गाउँमा भएको हो। यो क्षेत्र चीनको सीमाभन्दा करिब ३ किलोमिटर दक्षिणमा अवस्थित छ, जहाँ जातीय सशस्त्र […]

Continue Reading

अमेरिकासँग आफ्नो अधिकार सुरक्षित नभएसम्म कुनै सम्झौता नगर्ने इरानको अडान

इरानलाई कडा शान्ति प्रस्ताव फिर्ता पठाएको रिपोर्ट बाहिर आएपछि इरानी वार्ता टोलीका प्रमुख वार्ताकारले आइतबार तेहरान संयुक्त राज्य अमेरिकासँग जस्तोसुकै सम्झौतामा पनि सहमत हुन नसक्ने बताएकाछन् । प्रस्तावमा कुनैपनि परिवर्तनले मध्यपूर्व युद्धलाई औपचारिकरूपमा अन्त्य गर्ने र स्ट्रेट अफ हर्मुजको जलमार्गलाई पुनः खोल्ने सम्झौतालाई थप ढिलाइ गर्न सक्छ । न्यूयोर्क टाइम्स र एक्सियोसले अमेरिकी स्रोतलाई उद्धृत […]

Continue Reading

मुक्तिनाथमा दर्शनार्थीकाे घइचाेः चार दिनमा पचासहजार बढीले गरे दर्शन

मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५० हजारले दर्शन गरेका छन् । विगतमा औसत दैनिक तीनदेखि चार हजार भक्तजन उपस्थिति हुने मन्दिरमा बिहीबारदेखि हिजाे आइतबारसम्म करिब ५० हजारले दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए  । बिहीबारदेखि हिजाेसम्म सार्वजनिक बिदा परेको तथा भारतमा अत्यधिक गर्मी हुँदा भारतीय […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ७१ पैसा र बिक्रीदर १५२ रुपियाँ ३१ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ८९ पैसा र बिक्रीदर १७७ रुपियाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ […]

Continue Reading