प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी)मा इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या १३१ पुगेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपत्कालीन बैठक बोलाएको छ । अन्तर्राष्ट्रिय विज्ञहरू सम्मिलित यस टोलीले डब्लुएचओ प्रमुखलाई प्राविधिक सल्लाह र सिफारिस प्रदान गर्छन् ।
यसबिच कंगोका स्वास्थ्यमन्त्री स्यामुयल रोज काम्बाका अनुसार इबोला संक्रमितको संख्या ५१३ जनासम्म पुगेको बताए । कंगोले जारी गरेको पछिल्लो शंकास्पद संक्रमित र मृतकको संख्या यसअघि डब्लुएचओले सार्वजनिक गरेको ३५० संदिग्ध संक्रमित र ९१ मृतकको भन्दा धेरै हो ।
