सुर्खेत प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० निवासी २१ वर्षीय साकिर बक्स रहेका छन्।चोरीसम्बन्धी मुद्दामा पक्राउ परेका बक्स गत जेठ २७ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए। शनिबार बिहान करिब ४ः३० बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार बिहान करिब ५ः३० बजे अस्पताल पुर्‍याइएका बक्सलाई चिकित्सकले मृत घोषणा गरेका थिए।प्रहरीका अनुसार बक्सको मृत्युको कारण हालसम्म खुल्न नसकेको र घटना’bout आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ।

घटनापछि हिरासतमा रहेका थुनुवाको मृत्यु’ सम्वन्धमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। बक्सको मृत्यु भएपछि आफन्तले कुटपिटबाट मृत्यु भएको आशंका व्यक्त गरेका छन् ।

आफन्तले पक्राउ गर्दा केही पनि नभएको व्यक्तिको हिरासतभित्र मृत्यु हुनुलाई शकांस्पद भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई न्याय दिनुपर्ने माग राखेका छन् । प्रहरीले भने पोष्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *