नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपरासी बर्दघाट–सुस्तापूर्वहुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ ।बाढीले देवघाटस्थित जलमापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । केन्द्रका अनुसार देवघाटमा पानीको सतह निरन्तर बढ्दो क्रममा रहेको छ […]

Continue Reading

कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा रवि, केपी र प्रचण्डलाई आमन्त्रण

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाललाई निमन्त्रणा गरिएको छ । उनीहरुलाई भेटेरै औपचारिक निमन्त्रणा प्रदान गरिएको नेपाली कांग्रेसले जनाएको छ । १६ असोजमा काठमाडौंको खुलामञ्चमा आयोजना हुने उद्घाटन समारोहमा सम्पूर्ण राजनीतिक दलका […]

Continue Reading

तीन महिनामा मधेश प्रदेशबाट २७ करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

 पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशबाट झन्डै २७ करोड ८५ लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्रले किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेकट्रोनिक्स, हार्डवेयर, मोटरपाट्र्स तथा कस्मेटिकलगायतका सामान बरामद गरेको हो । सशस्त्र प्रहरीले ती सामान ओसारपसारमा संलग्न १० करोड २२ लाख रुपैयाँभन्दा बढी मूल्यको सवारीसाधनसमेत नियन्त्रणमा लिई भन्सार […]

Continue Reading

सप्तकोशीको बाढीले सप्तरीका १ सय ५७ घर डुबानमा

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका १ सय ५७ घर डुबानमा परेका छन्। सप्तकोशी नदीको बाढी पसेर तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ वटा घर डुबानमा परेका हुन्। घर–घरमा एक्कासि बाढी पसेपछि खाद्यान्नमा समेत क्षति पुगेको छ। बाढी घरमा पसेपछि वृद्धवृद्धा र बालबालिकालाई कोशीको पश्चिमी तटबन्धमा सुरक्षित स्थानमा राखिएको छ। बोदेबरसाइनस्थित सशस्त्र […]

Continue Reading

पछिल्लो बाढीपहिरोमा १५ जनाको मृत्यु

असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपतमा परी हालसम्म १५ जनाको मृत्यु भएको छ। बाढी, पहिरोलगायतका विपतमा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जना र मधेश प्रदेशमा १ जना गरी जम्मा १५ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। त्यस्तै, १५ भन्दा धेरै […]

Continue Reading