पछिल्लो बाढीपहिरोमा १५ जनाको मृत्यु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपतमा परी हालसम्म १५ जनाको मृत्यु भएको छ। बाढी, पहिरोलगायतका विपतमा परी बागमती प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा २ जना र मधेश प्रदेशमा १ जना गरी जम्मा १५ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले बताए। त्यस्तै, १५ भन्दा धेरै बेपत्ता छन्।

बाढी, पहिरोलगायतका विपतमा परी ४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। साथै, १ हजार २ सय ८४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *