चार प्रदेशबाट बाहिरियो मनसुन, राति केही स्थानमा वर्षा हुने

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार राति कोशी, बागमती र गण्डकीको पहाडी र तराई भूभागमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार असोज १७ गते बिहान (३ अक्टोबर, २०२८) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट बाहिरिएको छ ।

आज गण्डकी प्रदेशको थोरै तथा कोशी प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आइतबार र सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

सो दुई दिन कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *