विश्वकप फुटबलको इतिहासमा ५ पटक उपाधी जितेको ब्राजिलले आइतबार विहान अफ्रिकी टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल अमेरिकाको न्युयोकस्थित न्यु जर्सी रंगशालामा भाेलि आइतबार विहान पौने ४ बजे (नेपाली समय अनुसार) सुरु हुदैछ ।
विश्वकपका यसअघि सम्पन्न २२ वटै संस्करणमा सहभागिता जनाउने एक मात्र टोली ब्राजिलका सामू सातौँ पटक विश्वकपमा खेल्दै गरेको मोरक्को टाउको दुखाई बन्न सक्छ ।
अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको मोरक्को फ्रान्ससँग हार्दै फाइनलमा पुग्नबाट बन्चित भएको थियो । ब्राजिल भने क्रोयसियासँग क्बार्टरफाइनलमै रोकिएको थियो । सन् १९३० को पहिलो विश्वकपमा ब्राजिल सहभागी थियो भने मोरक्को सन् १९७० विश्वकपबाट सहभागीताको यात्रा अगाडी बढाएको थियो ।
यो समूहमा हाइटी र स्कटल्याण्डले पनि भाेली आइतबार विहान पौने ७ बजे (नेपाली समय अनुसार) अमेरिकाको बोस्टन रंगशालामा प्रतिस्पर्धा गर्नेछन् । यस्तै समूह डि मा रहेका अष्ट्रेलिया र टर्कीबीच क्यानडाको भ्यानकोभर रंगशालामा प्रतिस्पर्धा हुदैछ ।
