पञ्चायतको झल्को दिने संघसंस्था दर्ता कानुन

सरकारले पञ्चायतकालको भन्दा नियन्त्रणमुखी र पश्चगामी प्रावधान राखेर संघसंस्था दर्तासम्बन्धी कानुनको मस्यौदा तयार पारेको छ । संघसंस्था दर्ता नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको प्रस्तावित विधेयक मस्यौदामा संविधानले दिएको अधिकारसमेत कुण्ठित हुनेगरी संघसंस्था दर्तालाई नियन्त्रण गर्न खोजिएको भन्दै सारकोकारवालाले आपत्ति जनाएका छन् । संविधानमै मौलिक हकका रूपमा रहेको संगठित हुने हक मिच्दै देशभर […]

Continue Reading

सहरी विकास मन्त्रालयको अनुगमन गर्न सतर्कता टोली

राष्ट्रिय सतर्कता केन्द्रले सहरी विकास मन्त्रालयमा कर्मचारी व्यवस्थापनमा भएका त्रुटि तथा कमजोरीहरूको अनुगमन गरी दुई दिनभित्र प्रतिवेदन बुझाउन दुई सदस्यीय टोली गठन गरेको छ । उक्त टोलीलाई कर्मचारी व्यवस्थापन अन्तर्गत दरबन्दीको विवरण, पद अनुसार जिम्मेवारी दिए/नदिएको तथा पदस्थापन गरे/नगरेको विषयमा छानबिन गर्न  कार्यादेश दिइएको छ । केन्द्रले प्रहरी नायब उपरीक्षक बुद्धिराम खनाल र नायब सुब्बा […]

Continue Reading

बजारमा मलको चरम अभाव : अनुदानको मल व्यापारीको गोदाममा

किसानले मल नपाएर धान बाली बिग्रिएको गुनासो गरिरहेका बेला उनीहरूका लागि सरकारबाट प्राप्त अनुदानको रासायनिक (युरिया) मल ठूलो परिमाणमा गोदाममा थन्किएको अवस्थामा फेला परेको छ। आफ्नो नाममा आएको मल नपाएको गुनासो किसानले गरिरहँदा व्यापारीको गोदाममा लुकाइएको अवस्थामा मल फेला पर्नुले कालोबजारी र तस्करी मौलाएको अनुमान गरिएको छ। जिल्ला अनुगमन समितिले बिहीबार कटारी बजारमा अनुगमनको क्रममा स्थानीय […]

Continue Reading

भदौ १९ मा निजामती विधेयक पारित गर्ने संसद्को तयारी

प्रतिनिधिसभाले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही भदौ १९ पारित गर्ने कार्यतालिका तय गरेको छ। सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकसँग आज सिंहदरबारमा गरेको छलफलपछि निजामती विधेयक राष्ट्रियसभाबाट आएका खण्डमा यही भदौ १९ गते प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको हो। प्रशासनिक सङ्घीयता […]

Continue Reading

बागलुङको नाम्दुकमा जिप दुर्घटना, सातजना घाइते

सदरमुकाम बागलुङ बजारदेखि दक्षिण भेगको बरेङ गाउँपालिका जाँदै गरेको जिप बिहिबार साँझ ७ बजे जैमिनी नगरपालिका वडा नं. १० राङखानीको नाम्दुकमा दुर्घटना हुँदा सातजना घाइते भएका छन् । दुर्घटनामा परी जिप चालक बरेङ गाउँपालिका वडा नं. १ का २० वर्षीय रवि थापा, सोही ठाउँका २१ वर्षीय सुस्मिता परियार, १९ वर्षीय विक्की परियार, ४० वर्षीय सेती […]

Continue Reading

कारण यस्तो छ भाइरल ज्वरो आउनुकाे

मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढ्न थालेका छन् ।  पछिल्लो केही दिन यता ज्वरोको समस्या लिएर विभिन्न अस्पतालमा जाने बिरामीको सङ्ख्या पनि बढ्दो छ । राजधानीका कान्ति बाल अस्पताल, ललितपुरको, पाटन अस्पताल, काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगायतका अस्पतालमा भाइलर ज्वरोका बिरामी आउने क्रम बढ्दो छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सीमा दिनमा […]

Continue Reading

ओलीकाे चरित्र छर्लङ्ग भयो होलाः भिम रावल

नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति चित्त नबुझ्दो रहेको भन्दै आफ्ना धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राख्दै रावलले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिको निष्कर्ष चिन्तन मनन गर्ने कि?’ रावलले लेखेका छन्, ‘यही भदौ ११ गते प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको एउटा पार्टी भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरूलाई गम्भीर रूपमा विश्लेषण […]

Continue Reading

तौलिहवाको पचेहरामा बम विष्फोट

कपिलबस्तु नगरपालिका – १० तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट भएको छ । तौलिहवा जितपुर सडकखण्डको पचेहरा हाटबजारको बिचबाटोमा बम विष्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।  सिहले भने, “पडकेको आवाज आएको छ, खाल्डो भएको छ बम होकि के हो एकीन […]

Continue Reading

बेपत्ता भएका चार किशोर मृत फेला

कैलाली खुटिया नदीमा डुबेर आज बेपत्ता भएका चार किशोर मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुलनजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए । सुरक्षाकर्मीको उद्धार टोलीले उनीहरूको शव निकालेको छ । डुबेर मृत्यु हुनेमा धनगढीका १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय प्रतीक चौधरी, १७ वर्षीय सक्षम जोशी र […]

Continue Reading

ट्रम्प ट्यारिफले खोस्यो भारतीय हीराको चमक

गुजरात राज्यको सुरतका हीरा उद्योग व्यापारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार शुल्क(ट्यारिफ)का कारण चिन्तित छन् । सुरत विश्वमै हीरा काट्ने र पालिस गर्ने प्रमुख केन्द्रका रूपमा चिनिन्छ र  तर अहिले यस उद्योगमा आश्रित मानिसहरू कठिनाइमा छन् । अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत शुल्कले यहाँका व्यापारी मात्र होइन, मजदुरलाई पनि चिन्तित बनाएको छ । हीरा […]

Continue Reading