बेपत्ता भएका चार किशोर मृत फेला

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कैलाली खुटिया नदीमा डुबेर आज बेपत्ता भएका चार किशोर मृत अवस्थामा फेला परेका छन् । गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुलनजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए ।

सुरक्षाकर्मीको उद्धार टोलीले उनीहरूको शव निकालेको छ । डुबेर मृत्यु हुनेमा धनगढीका १७ वर्षीय जाबेज भण्डारी, १५ वर्षीय प्रतीक चौधरी, १७ वर्षीय सक्षम जोशी र १५ वर्षीय जेब भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार आज दिउँसो २ बजेतिर नुहाउने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए । नदीमा पौडी खेल्न सात जना गएका मध्येबाट चार जना डुबेका थिए । तीन जना सकुशल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *