तौलिहवाको पचेहरामा बम विष्फोट

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

कपिलबस्तु नगरपालिका – १० तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट भएको छ । तौलिहवा जितपुर सडकखण्डको पचेहरा हाटबजारको बिचबाटोमा बम विष्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।  सिहले भने, “पडकेको आवाज आएको छ, खाल्डो भएको छ बम होकि के हो एकीन हुन सकेको छैन ।” घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *