मौसम पूर्वानुमान : लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तगर्तको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बांकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्बिनी प्रदेशको केही स्थानमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

भोलि आइतबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्ग, हावाहुरीसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । लुम्बिनी र कर्णाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

पर्सी सोमबार देशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *