नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई २ वर्ष, एमाले नेता टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय निर्धारण गरिएको छ ।
आज मंगलबार जिल्ला अदालत काठमाडौंले खाणलाई २ वर्ष कैद र २० हजार, रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ र सचिव पाण्डेलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना तोकिएको हो ।
नक्कली शरणार्थीसम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइपछि जिल्ला अदालतले सजाय तोकेको हो। जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाएको हो।
