भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भेनेजुएलामा आएको दुई वटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीले बाँचेकाको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् ।

काराकासका बासिन्दाले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको तर्फबाट पर्याप्त प्रतिक्रिया नआएको भन्दै आक्रोश जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले एएफपीसँग भन्नुभयो, “गत बुधबार साँझ एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी ५० हजार भन्दा बढी मानिस बेपत्ता छन् । यी भूकम्पले देशको उत्तरी भागमा धेरै भवन ध्वस्त पारेका छन् ।”

राजधानी काराकास नजिकैको तटीय क्षेत्र ला ग्वाइरा सबैभन्दा बढी प्रभावित भएको छ । बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पले एकपछि अर्को गर्दै भवनमा क्षति पुर्याएको थियो । आन्तरिक मन्त्री डियोस्डाडो काबेल्लोले टेलिभिजन सम्बोधनमा शुक्रबार राति ८ बजेदेखि क्षतिग्रस्त क्षेत्रमा प्रवेश प्रतिबन्धित गरिएको घोषणा गरे  ।

चार वटा अग्ला भवन र सयौँ अपार्टमेन्ट रहेको ला ग्वाइराको एउटा आवासीय कम्प्लेक्समा अधिकांश भवन लगभग पूरै ध्वस्त भएका छन् । “दुखद कुरा, भवन पूर्णरूपमा भत्किएका छन् र बाँचेका भेट्टाउने सम्भावना निकै कम छ । अब हाम्रो प्रयास मृतकको शव निकाल्नेमा केन्द्रित हुने छ,” उद्धार टोली प्रमुख नाडियोमार पोलान्कोले भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीब्रता दिइरहेको बताउँदै भने  ।

अन्यत्र भने परिवारका सदस्य, छिमेकी र स्वयंसेवकले आफ्नो खाली हातले बाँचेकालाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले ठूला मेसिनरी सहयोग नभएकोमा दुःख व्यक्त गरेका छन् । “म मेरो सानो गाएललाई खोजिरहेको छु । ऊ मात्र पाँच महिनाको थियो,” ४० वर्षीया मार्जोस्ली सालाजारले दुः ख व्यक्त गर्दै भनिन  । भूकम्पमा परेकी उहाँकी अर्की १६ वर्षीया छोरीे मृत अवस्थामा भेटिएकी थिइन् । सालाजारको छोरा र भतिजी दुवै बेपत्ता छन् ।

उनले भनिन् , “हामीलाई यहाँ सहयोग चाहिएको छ । स्तम्भ उठाउन मेसिन चाहिएका छन् । तर हामीले यहाँ कुनै एक जना पनि सरकारी अधिकारी देखेका छैनौँ ।” काराकासको एक उच्च वर्गीय समुदायको बसोबास रहेको काराकासको छिमेकमा पुग्दा कार्यबाहक राष्ट्रपति रोड्रिगेजविरूद्ध नारा लगाउँदै भग्नावशेषमुनि आफ्ना आफन्त फसेका परिवारका सदस्यको भीडले आक्रोस पोख्यो । “सरकारले जनताका लागि केही पनि गरिरहेको छैन,” उनीहरूले भग्नावशेष भएको भवन नजिकको घेराबार पछाडिबाट चिच्याउँदै भने । एएफपी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *