जातीय विभेद गरेको आरोपमा एमाले निकट पत्रकार थापा पक्राउ

जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा पत्रकार शेरबहादुर थापा पक्राउ परेका छन्। दैलेख जिल्ला आठबीस नगरपालिका–६ घर भई वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतमा पत्रकारिता गर्दै आएका ३९ वर्षका थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो । आरोपित थापाविरुद्ध गत बैशाख ११ मा जाहेरी परेपछि उनलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम सूचना अधिकारी  प्रहरी […]

Continue Reading

वैदेशिक रोजगारीको पीडा , हरेक दिन चार जनाको शव भित्रिँदै

वैदेशिक रोजगारीमा गएका श्रमिकमध्ये औसतमा दिनको चार जनाको शव भित्रिने गरेको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दस महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७ जनाको शव भित्रिएको हो । यो तथ्याङ्क अनुसार प्रत्येक महिना १२२ जना र दिनमा चार वटा शव नेपाल भित्रिन्छ । तथापि यो सङ्ख्या वैदेशिक रोजगारीका लागि श्रम […]

Continue Reading

निर्वाचन आयोगको प्रस्ताव : दलका पदाधिकारी दुई कार्यकाल मात्र

निर्वाचन आयोगले राजनीतिक दलको प्रमुख पदाधिकारी बढीमा दुई कार्यकालसम्म मात्र रहने गरी सङ्गठनात्मक संरचनाको व्यवस्था गर्नुपर्ने प्रस्तावसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को मसौदा तयार गरेको छ । आयोगले तयार गरेको मसौदा गृह मन्त्रालय पठाइएको छ । आयुक्त रामप्रसाद भण्डारीले दलहरूबाट आएको सुझावका आधारमा प्रमुख पदाधिकारीको कार्यकाल तोक्ने व्यवस्था विधानमै राख्न सुझावसहितको मसौदा तयार गरिएको बताउदै […]

Continue Reading

सगरमाथा संवादः पच्चिसबुँदे कार्यान्वयन सुरु

जलवायु परिवर्तन, हिमालको अवस्था र मानवताको भविष्यलगायतका सम्बन्धमा विश्वको ध्यान आकृष्ट गर्न सफल भएको सगरमाथा संवादबाट प्राप्त सुझाव तथा निष्कर्षको कार्यान्वयन पनि सुरु भएको छ । संवादका क्रममा उठेका सवाललाई आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चको प्रयोग गरेर कार्यान्वयन गर्ने तयारी सरकारले गरेको छ । सरकारले जेठ २–४ गतेसम्म काठमाडौँमा संवादको आयोजना गरेको थियो । […]

Continue Reading

महोत्तरीको बर्दीबासमा दस हजार वर्षअघिका हतियार फेला परे

महोत्तरीको बर्दीबासमा फेलापरेका १० हजार वर्ष पुराना हतियार पाइएको क्षेत्रमा पुरातात्त्विक अध्ययन सुरु गरिएको छ । पुरातत्व विभागका विज्ञको टोलीले शनिबारदेखि बर्दीबास नगरपालिका–३ स्थित पाटु, राई मण्डल क्षेत्रमा पुरातात्त्विक अध्ययन थालेको बर्दीबास नगरपालिकाका संस्कृति तथा पर्यटन प्रवर्धन समितिका सदस्य सचिव दिपेश काफ्लेले जानकारी दिए  । प्राचीन मानव इतिहासमा प्रयोग भएका ढुङ्गे औजार सो क्षेत्रमा रहेको […]

Continue Reading

बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु, चारको उपचार हुँदै

 त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ विद्युत प्राधिकरणस्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु र चारजना पैदलयात्रु घाइते भएका छन् । गए साँझ त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नं. बस ब्रेक फेल भई सडकमा हिँडिरहेका पुरुष व्यक्तिहरुलाई ठक्कर दिई थाहा नगरपालिकाको उपप्रमुख भरत गोपालीको घरभित्र […]

Continue Reading

सम्पत्ति विवरण नबुझाउने पाँच हजारलाई कारबाही हुने,मन्त्रीपरिषद सम्बन्धमा माैन

राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेश गरेको छ। आयोगले प्रचलित कानुन बमोजिम विवरण नबुझाउने राष्ट्रसेवक तथा पदाधिकारीहरूविरुद्ध आवश्यक कारवाही गर्ने जनाएको छ। आयोगको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रका सचिव सरजु कुमार वैद्यले प्रतिवेदन आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसमक्ष हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख आयुक्त राईले भ्रष्टाचार […]

Continue Reading

पीएसजीलाई फ्रेन्च कप उपाधि

फ्रेन्च कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबले जितेको छ ।  फाइनलमा पीएसजीले रिम्सलाई ३–० गोलले हराउँदै उपाधि जितेको हो । लगातार दोस्रो पटक च्याम्पियन बनेको पीएसजीको यो १६औँ फ्रेन्च कप उपाधि हो । एकपक्षीय खेलमा पीएसजीले तीनवटै गोल पहिलो हाफमा गरेको थियो । पीएसजीलाई दिलाउन ब्राडली बार्कोलाले दुई तथा अचरफ हाकिमीले एक गोल गरे  […]

Continue Reading

जापानले अमेरिकी भन्सार शुल्क वार्तालाई ‘तीव्रता’ दिने

संयुक्त राज्य अमेरिका र जापान आफ्नो पछिल्लो भन्सार शुल्क वार्तामा सम्झौताको दिशामा प्रयासलाई ‘गति दिन’ सहमत भएको टोकियोले आज  बताएको छ । अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठुलो लगानीकर्ता जापान अधिकांश मुलुकमा लगाइएको समान १० प्रतिशत आधारभूत भन्सार शुल्क तथा कार, स्टिल र एल्युमिनियममा कडा भन्सार शुल्कको अधीनमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको […]

Continue Reading

‘प्रधानमन्त्रीका मुठभेड निम्तिने उत्तेजनापूर्ण अभिव्यक्ति मानवअधिकारका मूल्यविपरीत’

राष्ट्रिय मानवअधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीका उत्तेजनापूर्ण अभिव्यक्ति विधिको शासन र मानवअधिकारको मूल्यमान्यता विपरीत भएको बताएको छ । उत्तेजनापूर्ण अभिव्यक्ति नदिन आग्रह गर्दै जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिले निषेधलाई प्रश्रय दिएको उल्लेख छ । “..लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरीत हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो […]

Continue Reading