गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो

जिल्लाको गोरखा नगरपालिका–१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको छ । पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको हो । छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको […]

Continue Reading

जनता सडकमा आए एकै दिनमा गणतन्त्र समाप्त हुन्छ : अध्यक्ष लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् । आज  काठमाडौँमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौँ जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताएका हुन् । भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण […]

Continue Reading

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष : नर्थ र साउथ दुबैतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा अन्नपूर्ण हिमालको दुबै क्षेत्रतर्फ छुट्टाछुट्टै हिरक महोत्सव मनाईने भएको छ । फ्रान्सेली पर्वतारोही मौरिस हार्जोग नेतृत्वको टोलीले सन १९५० जुन ३ तारिखका दिन ८ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । ८ हजारभन्दा माथिको हिमालमा पाईला परेको सोहि दिनको सम्झनामा अन्नपूर्ण हिमालको […]

Continue Reading

भिजिट भिसा प्रकरणः गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्धको तयारीमा प्रतिपक्षी दल

प्रतिनिधि सभाको भाेलि मंगलबार बस्ने बैठकमा आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची छ । आगामी आर्थिक वर्षको बजेट ल्याउनु दुई दिनअघि आर्थिक सर्वेक्षण पेश गर्ने चलन अनुसार मंगलबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको हो । तर भिजिट भिसा प्रकरणमा गृहमन्त्री […]

Continue Reading

यस वर्ष चाँडै मनसुन भित्रिने

यस वर्ष चाँडै मनसुन भित्रिने  मनसुनविद्हरूले अनुमान गरेका छन्। सामान्यतया नेपालमा मनसुन जुन १३ (जेठ ३०) मा भित्रिन्छ र अक्टुबर २ (असोज १६) मा बाहिरिन्छ। तर, यस वर्ष भने औसत समयभन्दा चाँडै भित्रिने मौसमविद्हरूको अनुमान छ। जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जन यही मितिमा भित्रिन्छ भन्ने नभए पनि चाँडै भित्रिन्छ भन्न सकिने बताउँछिन्। […]

Continue Reading

सेयरप्रति लचिलो नीति कर्जाको ग्राफ बढ्ने अपेक्षा

पाँच दिनअगाडि नयाँ नेतृत्व पाएको नेपाल राष्ट्र बैङ्क सेयर बजारका लागि लचिलो बनेको छ । राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त भएपछि आइतबार जारी भएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा सेयर बजारप्रति लचिलो नीति अवलम्बन गरिएको छ । गभर्नर नियुक्तिमा ढिलाइका कारण ढिला आएको मौद्रिक नीति ढिला आए पनि राम्रो […]

Continue Reading

इजरायली आक्रमणमा गाजामा २२ जनाको मृत्यु, दर्जनौँ घाइते

गाजाको विभिन्न भागमा आइतबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको र कैयौँ मानिसहरू घाइते भएको उद्धारकर्मीहरूले जानकारी दिएका छन् । नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सालले उत्तर गाजाको जबालिया क्षेत्रमा एक घरमा भएको आक्रमणमा सात जनाको निधन भएको जानकारी दिए  । उनले मध्य गाजाको नुसेरात क्षेत्रमा विस्थापित व्यक्तिहरूको टेन्टमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको  मृतकमध्ये […]

Continue Reading

सप्तरीमा भेटियो नयाँ प्रजातिको चरा, नेपालमा चरा प्रजातिको सङ्ख्या ९ सय पुग्यो

सप्तरी जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । सप्तरी जिल्लास्थित कोशी बाँधको पिनटावरमा नयाँ प्रजातिको चरा ‘छोटो पुच्छ्रे समुद्री चरा’ ( सर्ट टेल सिर वाटर) अभिलेख गरिएको हो । सप्तकोसी बाँधको पिनटावरबाट नेपालको लागि नयाँ प्रजातिको छोटो पुच्छ्रे समुद्री चरा अभिलेख गरिएको नेपाल वर्ड रेकर्ड कमिटीका संयोजक डाक्टर तुलसी सुवेदीले बताए  । उनका अनुसार […]

Continue Reading

फाप्लु-काठमाडौं सातामा चार दिन उडान हुने

सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौं सातामा चार दिन नियमित उडान हुने भएको छ। नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने छ। नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु–काठमाडौं हवाई सेवा […]

Continue Reading

भिजिट भिसा प्रकरण: मानव तस्करीको जालोमा मन्त्रालयदेखि एयरलाइन्ससम्म

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको आवरणमा अध्यागमन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, एयरलाइन्सका कर्मचारी र ट्राभल एजेन्सीहरूको मिलेमतोमा मानव तस्करी हुने गरेको छ। दुई वर्षअघि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब एक हजार ६ सय राहदानीमाथि गरेको अनुसन्धानले यो तथ्य देखाएको हो। अहिले पनि गृहमन्त्रीको सचिवालयका कर्मचारीहरूसँगको सेटिङमा भिजिट भिसामा मानव […]

Continue Reading