हातैले टेकेर सर्वोच्च चुलीमा : पर्वतारोहण इतिहासमा अभूतपूर्व कीर्तिमान

सन् २०१५ मा रुसमा सैन्य ब्यारेक भत्किँदा आफ्ना दुवै खुट्टा गुमाएका रुसी पूर्वसैनिक रुस्तम नबिएभले दुई हातको बलमा संसारकै अग्लो शिखर सगरमाथा चढेर ‘पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान’ रच्दै विश्वलाई चकित पारेका छन् । रुस्तम सगरमाथा आरोहण इतिहासकै पहिलो यस्ता व्यक्ति हुन्, जो आफ्ना दुवै गोडा नभए पनि केवल हातको सहाराले सगरमाथाको चुचुरोमा पुग्ने सफल भए । उनले […]

Continue Reading

इरानसँग सम्झौता हुन केही दिन लाग्‍नसक्छ : रूबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्यका लागि सम्भावित सम्झौता हुन ‘केही दिन लाग्न सक्ने’ बताएका छन् । यसअघि कतारमा वार्ता चलिरहेकै बेला अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र केन्द्र र पानीमुनी बम बिछ्याउँदै गरेका डुङ्गाहरूमाथि आक्रमण गरेको दाबी गरेको थियो ।  भारत भ्रमणका क्रममा मंगलबार जयपुरमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले भने, ‘आज कतारमा केही चरणमा वार्ताहरू […]

Continue Reading

वीरगञ्जका मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत पर्साले लिखितसम्बन्धी कसुर मुद्दामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।गत जेठ १ गते सरकारी वकिल कार्यालयले मेयर राजेशमान सिंहसहित चार जनामाथि सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको थियो। लिखितसम्बन्धी कसुरको मुद्दामा मुलुकी अपराध संहिता, २०७४ अनुसार किर्ते कागजसम्बन्धी दफा २७६ को उपदफा (१), (२) र (३) (ग) […]

Continue Reading

नागरिकको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री साह

प्रधानमन्त्री वालेन्द्र साहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली सङ्घ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत एवम् काठमाडौँस्थित अन्य मुलुकका राजदूतसँग भएको संयुक्त भेटवार्तामा उनले वर्तमान समयको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा […]

Continue Reading

ट्रान्सफर्मरमा समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध

झिमरुक जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि प्युठान, रोल्पा र अर्घाखाँचीका केही क्षेत्रमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । आइतबार रातिदेखि विद्युत् आपूर्ति बन्द हुँदा बैंक तथा वित्तीय संस्था, मोबाइल सेवा, खानेपानी प्रणाली र सरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ । बुटवल पावर कम्पनी लिमिटेडले १५ एमभीए क्षमताको पावर ट्रान्सफर्मरमा […]

Continue Reading

तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

 सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार विशेष अदालत काठमाडौँमा दर्ता भएको घुस लिइ भ्रष्टाचार गरेको मुद्दामा ती सरकारी साक्षीहरुले प्रतिवादी ढुण्डिराज दाहाललाई घुस दिएको कार्य कसुर पुष्टि भएको छ । यसैगरी, निजहरुले २०८३ वैशाख २५ गते बकपत्र […]

Continue Reading

मध्यपूर्व तनाव कम हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी अधिकारीहरुले शान्ति वार्तामा प्रगति भइरहेको जानकारी दिएपछि सोमबार नयाँ कारोबार सुरु हुँदा कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घटेको छ । पश्‍चिम एशिया क्षेत्रमा तनाव कम हुने र आपूर्ति अवरोध घट्ने चर्चासँगै मूल्य घटेको हो । सोमबार एक समय वेस्ट टेक्सास कच्चा तेल घटेर ९१.२५ अमेरिकी डलरमा कारोबार भयो […]

Continue Reading

किसानलाई दूधको रकम भुक्तानी तीव्र, कहिलेसम्म पाउलान् त पुरै रकम ?

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी)को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी भइरहेको छ। पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ। एक महिनाको रकम आउँदो १३ गतेभित्र भुक्तानी गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ। डीडीसीको हाल दैनिक करिब […]

Continue Reading

बाढीले क्षतिग्रस्त बीपी राजमार्गको पुनःनिर्माण जापान सरकारको सहयोगमा सुरू

बाढीका कारण क्षतिग्रस्त भएको सिन्धुलीस्थित बीपी राजमार्गको आपतकालीन पुनःनिर्माण सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानी राजदूत माएदा तोरुले  सडक पुनःनिर्माणको औपचारिकरूपमा शिलान्यास गरेका हुन्। नेपालस्थित जापानी दूतावासद्वारा जारी विज्ञप्तिअनुसार पुनःस्थापना कार्य जापानको अग्रणी निर्माण कम्पनी शिमिजु कर्पोरेसनले गर्नेछ। मध्य तथा पूर्वी तराईलाई राजधानी काठमाडौंसँग जोड्ने […]

Continue Reading

हसिना सिमसारमा शिरिषको वैँस

मोरङको हसिना सिमसार यतिबेला शिरिषका फूलले ढकमक्क ढाकिएको छ। बैजनी र गुलाबी रङले सजिएको सिमसार क्षेत्रको मनमोहक दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण उल्लेखनीय रूपमा बढाएको छ। प्रकृतिप्रेमी, घुमफिरका सौखिन तथा फोटोग्राफीमा रुचि राख्नेहरूका लागि हसिना सिमसार अहिले प्रमुख गन्तव्य बनेको छ।  सिमसार क्षेत्रमा शिरिषका फूल फुलेसँगै यहाँको प्राकृतिक सौन्दर्य झन् आकर्षक बनेको छ। हसिना […]

Continue Reading