वीरगञ्जका मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जिल्ला अदालत पर्साले लिखितसम्बन्धी कसुर मुद्दामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।गत जेठ १ गते सरकारी वकिल कार्यालयले मेयर राजेशमान सिंहसहित चार जनामाथि सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको थियो।

लिखितसम्बन्धी कसुरको मुद्दामा मुलुकी अपराध संहिता, २०७४ अनुसार किर्ते कागजसम्बन्धी दफा २७६ को उपदफा (१), (२) र (३) (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुर गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने मागदाबी गर्दै मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालतले जनाएको छ।

लिखितसम्बन्धी कसुरमा महानगरका मेयर राजेशमान सिंह, पञ्जीकरण अधिकारी भिखारी रायसहित चार जनामाथि जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी भएको पर्साका प्रहरी प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले नागरिकन्युजलाई बताएका छन्। जिल्ला अदालत पर्साबाट भर्खरै मेयर सिंहसहित केही व्यक्तिलाई पक्राउ पुर्जी आएको डीएसपी बस्नेतले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *