ट्रान्सफर्मरमा समस्या, तीन जिल्लामा विद्युत् अवरुद्ध

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

झिमरुक जलविद्युत् आयोजनाको पावर हाउसमा रहेको ट्रान्सफर्मरमा प्राविधिक समस्या आएपछि प्युठान, रोल्पा र अर्घाखाँचीका केही क्षेत्रमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

आइतबार रातिदेखि विद्युत् आपूर्ति बन्द हुँदा बैंक तथा वित्तीय संस्था, मोबाइल सेवा, खानेपानी प्रणाली र सरकारी कार्यालयको कामकाज प्रभावित बनेको छ । बुटवल पावर कम्पनी लिमिटेडले १५ एमभीए क्षमताको पावर ट्रान्सफर्मरमा समस्या देखिएकाले सेवा रोकिएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी शान्तिराम प्रसाईंका अनुसार मर्मतमा समय लाग्ने देखिएपछि अर्घाखाँचीबाट केन्द्रीय प्रसारण लाइनमार्फत वैकल्पिक विद्युत् आपूर्तिको प्रयास भइरहेको छ । साँझसम्म केही क्षेत्रमा सेवा पुनः सञ्चालन हुन सक्ने प्रशासनको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *