कर्मचारीको तलब बृध्दिबारे गृहकार्य हुदै

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कर्मचारीको तलब वृद्वि गर्ने गरी आन्तरिक गृहकार्य थालेको छ । गत तीन वर्षदेखि कर्मचारीको तलब वृद्धि नभएको र महँगी वृद्धि हुँदै गएकाले सरकारले कर्मचारीलाई न्याय गर्ने गरी तलब वृद्वि गर्ने आन्तरिक तयारी गरेको हो । निजामती सेवा ऐनमा कर्मचारीको तलब भत्ता दुई/दुई वर्षमा पुनरवलोकन गर्नुपर्ने उल्लेख गरिएको छ […]

Continue Reading

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक आज मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र साहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना […]

Continue Reading

आजकाे विनिमय दर

नेपाल राष्ट्र बैंकले आज मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम गरिएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर रु १७७ दशमलव ०९ र बिक्रीदर रु १७७ दशमलव ७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर […]

Continue Reading

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपालले भुटानलाई १–० गोलले हरायो । प्रस्पिर्धात्मक खेलमा नेपालका लागि गिता रानाले गोल गरिन्। गिताले २३औँ मिनेटमा गरेकाे गोलनै नेपालको जितमा प्रयाप्त बन्यो । ६ टोली सहभागी च्याम्पियनसिपमा नेपल समूह ‘ए’ मा रहेको छ । यस समूहमा श्रीलङ्का र […]

Continue Reading

प्रधानमन्त्री साहसँग आज कूटनीतिज्ञहरूको छलफल

प्रधानमन्त्री वालेन्द्र साहले मङ्गलबार काठमाडौँस्थित युरोपेली सङ्घ (इयु) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री साहले मङ्गलबार बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ  । प्रधानमन्त्री साहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे […]

Continue Reading

आज पहाडमा वर्षा, तराईमा तातो हावा

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौ उपत्यकासहित देशका केही भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो कोशी बागमती र गण्डकी  प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल […]

Continue Reading

चिनियाँ राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीबीच इरानको विषयमा बेइजिङमा छलफल

चिनियाँ राष्ट्रपति सी जिनपिङ र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ।पाकिस्तानले सार्वजनिक गरेको भिडियोमा शाहबाज शरीफले चिनियाँ नेताहरूसँग कुरा गरिरहेको देखिन्छ। बीबीसी उर्दूले उल्लेख गरेअनुसार पाकिस्तानी प्रधानमन्त्रीले खाडी संकटका कारण विश्व एक नाजुक चरणबाट गुज्रिरहेको र पाकिस्तानले अमेरिका र इरान बीच मध्यस्थता गर्न इमानदारीपूर्वक काम गरेको बताएका थिए। उनले असीम मुनीरले पाकिस्तानी […]

Continue Reading

ठमेलमा ‘अश्लील’ हर्कत गर्ने २१ जना विदेशी महिला पक्राउ

काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले २१ जना विदेशी महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमै पैसाको बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरी सर्वसाधारणलाई समेत दु:ख हैरानी दिने गरेको सूचनाका आधारमा ठमेलका विभिन्न स्थानमा निगरानी र चेकजाँच गरिएको थियो। सो क्रममा युगान्डा, बंगलादेश, केन्या र भियतनामका महिला […]

Continue Reading

अर्थ मन्त्रालयको विवादले मधेशमा रोकियो मन्त्रिपरिषद् विस्तार

मधेश प्रदेशमा सत्तागठबन्धन फेरिएपछि नयाँ गठबन्धन दलभित्र पुनः विवाद सुरु भएको छ। नयाँ सत्तागठबन्धनभित्र अर्थ मन्त्रालयको जिम्मेवारीलाई लिएर नेकपा र मुख्यमन्त्री कृष्णप्रसाद यादवबिच सहमति जुट्न नसक्दा आइतबार तय गरिएको मन्त्रिपरिषद् विस्तार अन्तिम समयमा रोकिएको हो। मुख्यमन्त्री यादवले गठबन्धन दल एमाले र नेकपासँग मन्त्री बन्ने प्रदेश सांसदहरूको नाम माग गरी सरकार विस्तारको तयारी अघि बढाएका थिए। एमालेले […]

Continue Reading

सरकारले ल्याएको अध्यादेशमा टेकेर देउवादम्पतीको पक्राउ पुर्जी खारेज

सर्वाेच्च अदाललते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नीविरुद्धको पक्राउ पुर्जी स्वतः निष्क्रिय हुने आदेश गरेको छ। हालको सरकारले ल्याएको अध्यादेशमा टेकेर सर्वाेच्चले यस्तो आदेश दिएको हो। देउवादम्पतीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत, काठमाडौंले गत २४ चैतमा पक्राउ पुर्जी जारी गरेको थियो। त्यति वेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अधिकार क्षेत्र जिल्ला अदालत थियो। गत १८ वैशाखमा […]

Continue Reading