नागको पूजाआराधना गरी नागपञ्चमी मनाइँदै (फोटो फिचर)

 शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मङ्गलबार परम्परा अनुसार नागको पूजा गरी मनाइँदैछ । यस वर्षको नाग पूजा साउन १३ गते अर्थात् आज मङ्गलबार परेको छ ।शास्त्रीय मान्यता अनुसार आज देखि हिउद शुरू हुनुका साथसाथै दिन छाेटाे र रात लामाे हुन्छ भन्ने बिस्वास गरिन्छ । नागपञ्चमी श्रावण शुक्लपक्षको पञ्चमीका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष […]

Continue Reading

‘मिस नेपाल २०२५’ मा डाक्टरदेखि स्कुबा ड्राइभरसम्म

मिस नेपाल २०२५’मा विभिन्न पृष्ठभूमिका २६ सुन्दरी छानिएका छन् । आयोजक हिडन ट्रेजरले  सहभागी सुन्दरीलाई स्यास वितरण गर्दै प्रतियोगी नम्बर प्रदान गरेको छ ।  यो वर्ष पनि मिस नेपालमा डाक्टरी पेसादेखि मानसिक स्वास्थ्यमा सक्रिय सुन्दरीकै सहभागिता बढी देखिन्छ । योगा शिक्षकदेखि स्कुबा ड्राइभर पृष्ठभूमिका २६ महिलाले आगामी भदौ १४ मा गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना […]

Continue Reading

फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट फूलचोकी जङ्गलमा क्षेत्रमा हाइकिङ गएका आठ जना विद्यार्थीको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ।फूलचोकीको उद्धारमा अनुभवी दावा तामाङको सहयोगमा बाँडेगाउँ प्रहरीको टोलीले सोमबार बिहान फूलचोकी हाइकिङ गएका  विद्यार्थीलाई १२ घण्टापछि काभ्रेको रोशी क्षेत्रबाट उद्धार गरेको हो। उद्धारमा संलग्न तामाङले आफूलाई सोमबार साँझ ५ बजे विद्यार्थी हराएको खबर प्रहरीबाट पाएपछि तत्काल उद्धारका लागि […]

Continue Reading

उद्धार गरिएको ‘किङ कोब्रा’ गाडीभित्रै हराएपछि…

लमजुङको बेंसीशहर नगरपालिका–१, चिप्लेटीबाट उद्धार गरिएको ‘किङ कोब्रा’ सर्प वन कार्यालयकै गाडीबाट हराएपछि कर्मचारी र स्थानीय बासिन्दा त्रसित बनेका छन्। सफल उद्धारपछि सुरक्षित स्थानमा छोड्न लैजाने क्रममा सर्प गाडीको इन्जिनभित्र पसेर बेपत्ता भएको हो। स्थानीयले बिहानैदेखि पटक-पटक फोन गरेर सर्प देखिएको जानकारी दिएपछि डिभिजन वन कार्यालयको टोली घटनास्थल पुगेको थियो। डिभिजन वन कार्यालय, लमजुङका सूचना अधिकारी […]

Continue Reading

साफ यू-२०:नेपाल बंगलादेशसँग ४-० ले पराजीत

साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको सपना अधुरै रहेको छ। ढाकास्थित बसुन्धरा किंग्स एरेनामा भएको फाइनल सरहको निर्णायक खेलमा नेपाल आयोजक बंगलादेशसँग ४-० को फराकिलो अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको हो। उपाधिका लागि जित्नैपर्ने दबाबसहित मैदान उत्रिएको नेपाली टोलीले घरेलु टोलीविरुद्ध कमजाेर प्रदर्शन गर्याे । खेलको सुरुदेखि नै दबाबमा देखिएको नेपालले आठौं मिनेटमा पहिलो गोल […]

Continue Reading

उज्यालो रङ्गशाला बन्दै त्रिवि मैदान

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको उचाइ प्रस्टसँग देखिएको छ । महिला र पुरुष दुवै सिनियर/जुनियर टोलीले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलताले नेपाली क्रिकेट टोलीको वेगलाई झल्काएको छ । जब नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा हुन्छ तब कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको चर्चा विश्वभर फैलिन्छ । अन्तर्राष्ट्रिय खेल हुँदा दर्शकहरूले खचाखच भरिने त्रिविको यो खेलमैदान क्रिकेट मैदानका रूपमा […]

Continue Reading

नेपालको भुटानमाथि सानदार जित

बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ । ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो । नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गरे भने यस्तै समीक्षा घिमिरे र कुसुम […]

Continue Reading

डाँङडुङे डाँडामा फिल्म सिटी

नेपाली चलचित्रमा अन्तर्राष्ट्रिय हस्तक्षेप अझै पनि छ । प्रविधिको प्रयोगमा कमजोर पहुँच भएकै कारण नेपाली चलचित्र विश्व बजारमा बिक्न र टिक्न नसकेको टिप्पणी एकातिर छ भने अर्कातिर विश्व चलचित्रको बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धा निरन्तर छ । तर, प्रतिस्पर्धामा नेपाली चलचित्रले आफ्नोपनको ब्रान्ड भने बनाउन सकेको देखिँदैन । नेपालीपन, नेपालका प्राकृतिक स्टुडियोहरूको भरपुर प्रयोग नभएका कारण […]

Continue Reading

१ अर्ब ३० करोड वयस्क वित्तीय सेवाबाट वञ्चित

मोबाइल प्रविधिले गर्दा विश्वमा वयस्कहरूले मोबाइल मनी खाताका माध्यमबाट बचत गर्ने प्रवृत्तिमा वृद्धि भएको छ । विश्व बैंकले हालै  सार्वजनिक गरेको ‘ग्लोबल फाइन्डेक्स’ प्रतिवेदनअनुसार प्रविधिले गर्दा खासगरी विकासशील मुलुकमा वित्तीय समावेशीकरणमा वृद्धि हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ ।  प्रतिवेदनअनुसार सन् २०२४ मा विकासशील मुलुकहरूमा १० प्रतिशत वयस्कले मोबाइल मनी खाताका माध्यमबाट बचत गरेका […]

Continue Reading

नेपालमा अब टेलिग्राम नचल्ने

सरकारले चर्चित मेसेजिङ एप टेलिग्राममा प्रतिबन्ध लगाएको छ। नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्रामको पहुँचमा रोक लगाउन निर्देशन दिएको हो। अनलाइन ठगी, मनी लाउन्डरिङजस्ता गम्भीर आपराधिक गतिविधिमा यसको प्रयोग बढेको भन्दै प्राधिकरणले नेपाल टेलिग्राम बन्द गरेको हो। ‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर […]

Continue Reading