फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट फूलचोकी जङ्गलमा क्षेत्रमा हाइकिङ गएका आठ जना विद्यार्थीको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ।फूलचोकीको उद्धारमा अनुभवी दावा तामाङको सहयोगमा बाँडेगाउँ प्रहरीको टोलीले सोमबार बिहान फूलचोकी हाइकिङ गएका  विद्यार्थीलाई १२ घण्टापछि काभ्रेको रोशी क्षेत्रबाट उद्धार गरेको हो।

उद्धारमा संलग्न तामाङले आफूलाई सोमबार साँझ ५ बजे विद्यार्थी हराएको खबर प्रहरीबाट पाएपछि तत्काल उद्धारका लागि फूलचोकी क्षेत्रमा गएको बताए ।उनका अनुसार खोज्नेक्रममा रातको १२ बजे विद्यार्थीलाई फेला पार्न सफल भएको जानकारी दिदै विद्यार्थीलाई जंगलबाट सहज सम्पर्कमा ल्याउन बिहान ५ बजेको उनको भनाइ छ।

जंगलमा गुगल म्यापले काम नगरेको र बाटोको जानकारी नभएकोले उद्धारमा ढिलाइ भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *