मोबाइल प्रविधिले गर्दा विश्वमा वयस्कहरूले मोबाइल मनी खाताका माध्यमबाट बचत गर्ने प्रवृत्तिमा वृद्धि भएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको ‘ग्लोबल फाइन्डेक्स’ प्रतिवेदनअनुसार प्रविधिले गर्दा खासगरी विकासशील मुलुकमा वित्तीय समावेशीकरणमा वृद्धि हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ ।
प्रतिवेदनअनुसार सन् २०२४ मा विकासशील मुलुकहरूमा १० प्रतिशत वयस्कले मोबाइल मनी खाताका माध्यमबाट बचत गरेका छन्, जुन सन् २०२१ को तुलनामा ५ प्रतिशतले बढी हो । विश्व बैंकका अनुसार अहिले विश्वका ८० प्रतिशत वयस्कका वित्तीय खाता छन्, जुन सन् २०२१ सम्ममा ५० प्रतिशत मात्र रहेको थियो ।
विश्व बैंकले अझै पनि १ अर्ब ३० करोड वयस्क वित्तीय सेवाबाट वञ्चित रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । तीमध्ये ९० करोड वयस्कसँग मोबाइल फोन छ, जसमा ५३ करोडसँग स्मार्टफोन छ । सन् २०२४ मा विकासशील देशहरूमा ४२ प्रतिशत वयस्कले डिजिटल माध्यमबाट किनमेल भुक्तानी गरेका छन् । सन् २०२१ मा यो प्रतिशत ३५ मात्रै थियो ।
लैंगिक अन्तर घट्दै
महिलाको खाता स्वामित्व सन् २०११ मा ३७ प्रतिशत रहेकामा सन् २०२४ मा यो बढेर ७३ प्रतिशत पुगेको छ । अहिले विकासशील देशहरूमा पुरुषको खाता स्वामित्व ८१ प्रतिशत छ भने महिलाको ७७ प्रतिशत रहेको छ । डिजिटल वित्तीय सेवाहरूले खाता स्वामित्वमा लैंगिक असमानता कम गर्न मद्दत गरिरहेका छन् ।
मोबाइल सुरक्षा चुनौती
विकासशील देशहरूका ४ अर्ब मोबाइल प्रयोगकर्ता वयस्कमध्ये आधाले मात्र पासवर्ड प्रयोग गर्छन्, जसले डिजिटल सुरक्षा चुनौती निम्त्याइरहेको छ ।
क्षेत्रगत अवस्था
पूर्वी एसिया तथा प्रशान्त क्षेत्रमा ८६ प्रतिशत स्मार्टफोन स्वामित्व रहेको छ भने ८३ प्रतिशत वित्तीय खाता स्वामित्व रहेको छ । युरोप तथा मध्यएसियामा सबैभन्दा उच्च इन्टरनेट प्रयोग र मोबाइल स्वामित्व ९४ प्रतिशत रहेको छ । ल्याटिन अमेरिकाका ७० प्रतिशत जनसंख्याको वित्तीय खाता रहेको र तीमध्ये आधाले डिजिटल कारोबार गर्ने गरेको तथ्यांक विश्व बैंकको रहेको छ । मध्यपूर्व तथा उत्तर अफ्रिकामा खाता स्वामित्व ४५ प्रतिशतबाट ५३ प्रतिशत पुगेको छ । औपचारिक बचत भने १७ प्रतिशत मात्रै रहेको छ ।
दक्षिण एसियामा खाता स्वामित्व ८० प्रतिशत पुगेको छ । भारतमै पुरुष र महिला दुवैको खाता स्वामित्व ९० प्रतिशत पुगेको छ । समग्रमा, दक्षिण एसियाले डिजिटल वित्तीय सेवा र कनेक्टिभिटीमा उल्लेखनीय प्रगति गरेको छ, विशेषगरी भारतको ठूलो जनसंख्याको उच्च खाता स्वामित्वको कारणले मोबाइल प्रविधिले वित्तीय समावेशीकरणलाई बढावा दिन र बचत दर बढाउनमा महत्वपूर्ण भूमिका खेलेको छ ।
मोबाइल प्रविधिले गर्दा आर्थिक अवसरमा वृद्धि
विकासशील तथा मध्यम आय भएका मुलुकहरूमा बैंक वा वित्तीय खाता प्रयोग गरी बचत गर्ने व्यक्तिहरूको संख्या एक दशकमा सबैभन्दा तीव्र गतिमा वृद्धि भएको देखिएको छ । मोबाइल प्रविधिले गर्दा ती देशमा आर्थिक अवसरहरू पनि बढाएको छ ।
मोबाइल प्रविधिले वित्तीय समावेशीकरणमा प्रमुख भूमिका खेलेको देखिएको छ । विश्व बैंकका अध्यक्ष अजय बंगाले भने, ‘वित्तीय समावेशीकरणले मानिसको जीवन मात्र होइन, सम्पूर्ण अर्थतन्त्रलाई रूपान्तरण गर्नसक्ने सम्भावना बोकेको छ, डिजिटल वित्तीय प्रणालीमार्फत यो सम्भावना व्यवहारमा परिणत गर्न सकिन्छ, हामी डिजिटल परिचयपत्र, सामाजिक सुरक्षा, भुक्तानी प्रणाली र नियमावली सुधारमा काम गरिरहेका छौं ।’
सन् २०२४ मा ४० प्रतिशत वयस्कले औपचारिक वित्तीय खातामार्फत बचत गरेका छन्, जुन सन् २०२१ को तुलनामा १६ प्रतिशत अंकले बढी हो । गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले भने, ‘पहिले अवसरबाट वञ्चित महिलाहरूले समेत अहिले आर्थिक प्रणालीमा पहुँच राख्न थालेका छन्, यो प्रगति हो, सबैका लागि आर्थिक अवसर सुनिश्चित गर्न डिजिटल पूर्वाधार, समावेशी वित्तीय प्रणाली र कनेक्टिभिटीमा लगानी जरुरी छ ।’
मोबाइल–फोन टेक्नोलोजीले विकासोन्मुख अर्थतन्त्रहरूमा बचत वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ, जसमा सन् २०२१ देखि २०२४ सम्म मोबाइल–मनी खाता प्रयोग गरी बचत गर्ने वयस्कहरूको संख्या ५ प्रतिशतले बढेको छ ।
औपचारिक बचत, ऋण र भुक्तानी
सन् २०२४ मा विकासोन्मुख अर्थतन्त्र भएका मुलुकका ४० प्रतिशत वयस्कले वित्तीय खातामा बचत गरे, जुन सन् २०२१ यता १६ प्रतिशत विन्दुको वृद्धि हो र एक दशकभन्दा बढी समयमा सबैभन्दा तीव्र वृद्धि हो ।
सन् २०२४ मा कम र मध्यम आय भएका मुलुकहरूमा ४२ प्रतिशत वयस्कले स्टोरमा वा अनलाइन डिजिटल भुक्तानी गरे, जुन सन् २०२१ मा ३५ प्रतिशत मात्र रहेको थियो । सरकारबाट भुक्तानी पाउने वयस्कहरूको तीन–चौथाइ र ज्याला कमाउनेहरूको आधाले आफ्नो पैसा खातामा प्राप्त गर्छन् ।
नेपालमा मोबाइल प्रविधि र विश्व बैंकको भूमिका
नेपालमा ६० प्रतिशत वयस्कहरू मोबाइल मनी खाताबाट वित्तीय कारोबार गर्छन्, यद्यपि ८० प्रतिशत बढी वयस्क मोबाइल फोन प्रयोग गर्छन् । तर, डिजिटल वित्तीय सेवाको पहुँच अझै सीमित रहेको छ ।
तथ्यांकअनुसार नेपालमा ३५ प्रतिशत वयस्कहरू औपचारिक बचत खातामा बचत गर्छन् । यो विकासशील देशहरूको औसतभन्दा कम भए पनि बढ्दो प्रवृत्ति देखिन्छ । लगभग १४ प्रतिशत वयस्कहरूसँग डेबिट कार्ड छ, तर केवल ५ प्रतिशत मात्र यसको प्रयोग गर्छन् । नेपालमा १७ प्रतिशत पुरुष वयस्कले डेबिट कार्ड बोक्छन् भने ११ प्रतिशत महिलाले मात्र डेबिट कार्ड बोक्ने गर्छन् ।
१९ प्रतिशत वयस्कहरूले मोबाइल फोन वा इन्टरनेटबाट आफ्नो बैंक खातामा पहुँच राख्छन् भने करिब १३ प्रतिशतले डिजिटल माध्यमबाट पैसा पठाउने, भुक्तानी गर्ने सेवा प्रयोग गर्छन् ।
नेपालमा १६ प्रतिशत वयस्कको मात्र मोबाइल मनी खाता
अहिले मोबाइल फोन सामान्य बनिसकेको छ । अहिले नेपालको वयस्क जनसंख्याको ८० प्रतिशतभन्दा माथिले मोबाइल फोन प्रयोग गर्छन् । तथापि, केवल १६ प्रतिशत वयस्कले मात्र मोबाइल मनी खाताको प्रयोग गर्छन् ।
यस क्षेत्रमा ५० प्रजातिका जैविक प्राणी, १४ प्रजातिका गुराँस, स्वयम्भू, फूलचोकी, गौरीशंकर, गणेश, जुगल, लाङटाङ, धौलागिरी हिमशृंखला, सिन्धुपाल्चोकदेखि ओखलढुंगासम्मका भूभाग दृश्यावलोकन गर्न सकिन्छ ।
