हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता बढाइएको छ। हेटौँडा औद्योगिक क्षेत्रभित्र २०३२ सालमा स्थापना भएर २०३५ देखि सञ्चालित हेटौँडा कपडा उद्योग २०५७ सालदेखि बन्द भएको थियो। त्यसयता उक्त कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन पटकपटक प्रयास भए पनि प्रयासले सार्थकता पाउन सकेको थिएन। […]

Continue Reading

फिफा विश्वकप : इजिप्टविरुद्ध न्युजील्यान्डको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत  अहिले  भइरहेको खेलमा न्युजील्यान्डले इजिप्टविरुद्ध सुरुवाती अग्रता लिएको छ। समूह जी को उक्त खेलको १५ औं मिनेटमा फिन सरमनले पहिलो गोल गर्दै न्युजील्यान्डलाई सुरुवाती अग्रता दिलाएको हुन्।

Continue Reading

सम्बन्धविच्छेदको कानुन परिमार्जन प्रस्ताव

सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर भई मेलमिलाप हुन नसकेमा एक वर्षपछि सम्बन्धविच्छेदको प्रक्रियामा जानुपर्ने कानुन परिमार्जनको प्रस्ताव गरिएको छ । सम्बन्धविच्छेदको प्रावधानमा महिला र पुरुषलाई समान हक प्रत्याभूत गर्ने भन्दै मुलुकी देवानीसंहिता ऐनको व्यवस्था संशोधन प्रस्ताव गरिएको हो । विधायन सम्बन्धी ऐन, २०८१ को दफा ६ को व्यवस्था कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मसौदा […]

Continue Reading

वन्यजन्तुका लागि पहिलो पटक सोलारबाट पानी व्यवस्था

बाँकेको एक वनमा वन्यजन्तुका लागि पहिलो पटक सोलार सिस्टमबाट पिउने पानी व्यवस्था गरिएको छ ।जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर –८ स्थित सरकारद्वारा व्यवस्थित गरिएको शमसेरगन्ज–माथेवास चक्ला वनमा सोलार पम्पसहितको पानी पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजनल वन अधिकृत शङ्करप्रसाद गुप्ताले कम्दी जैविक मार्गमा पहिलो पटक सोलार पम्पसहितको वन्यजन्तुका लागि पानी […]

Continue Reading

इरान मामिलामा ट्रम्पका निर्णयप्रति अधिकांश अमेरिकी असन्तुष्ट

अधिकांश अमेरिकीहरूले इरान मामिलामा राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेका कदमहरूबारे असन्तुष्टी व्यक्त गरेको नयाँ सर्वेक्षणले देखाएको छ । एशोसिएट प्रेस (एपी) ले सेन्टर फर पब्लिक अफेयर्स रिसर्च (एनओआरसी)सँग मिलेर गरेको सर्वेक्षणमा सहभागि ६५ प्रतिशत वयस्क अमेरिकीहरुले इरान मामिलामा ट्रम्पले चालेका कदमप्रति असहमति प्रकट गरे । असन्तुष्ट हुनेमध्ये ठूलो संख्या डेमोक्रेटिक पार्टीको छ । ट्रम्पकै रिपब्लिक पार्टीका २८ प्रतिशतले पनि […]

Continue Reading

अर्जुनधारामा १० प्रजातिका कछुवा संरक्षित

अर्जुनधारा नगरपालिका–९ मा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा १० प्रजातिका कछुवा संरक्षण गरिएको छ । मुलुकमा पाइने कछुवाका प्रजातिमध्ये झन्डै ८० प्रतिशत लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर  कछुवा संरक्षण गरिरहेको बताएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठान र ‘आर्को नेपाल’को सहकार्यमा सन् २०१२ मा झापामा स्थापित यस केन्द्रमा हाल देशमा पाइने कुल […]

Continue Reading

बीपी राजमार्गको नयाँ ट्रयाक असार दोस्रो साताबाट सञ्चालनमा आउने

बाढीले क्षति गरेको बीपी राजमार्गमा असार दोस्रो साताबाट सवारी साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । धेरै ठाउँमा ग्राभेल तहसम्मको काम र केही–केही ठाउँमा बर्खाकालागि ठूला ढुंगा राखेर सडक तयार गरी सवारी साधन सञ्चालन गर्न लागिएको हो । अहिले रोशी खोलामा डाभइर्सन बनाएर सवारी साधन चलाइएको छ । बेला–बेलामा आउने बाढीले गर्दा सवारी आवागमनमा समस्या हुने गरेको […]

Continue Reading

असार २५ देखि मिटरब्याज पीडितहरूको जनकपुर-काठमाडौं पैदल ‘न्याय मार्च’

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालले जनकपुरदेखि काठमाडौंसम्म पैदल ‘न्याय मार्च’ गर्ने घोषणा गरेको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकपछि प्रेस विज्ञप्तिमार्फत आन्दोलन समितिले असार २५ गतेदेखि मार्च सुरु गर्ने घोषणा गरेको हो । आन्दोलन समितिका अनुसार मार्च जनकपुरको तिरहुतिया गाछीबाट सुरु हुनेछ । आन्दोलनमा मिटरब्याज पीडितहरू सहभागी हुने र काठमाडौं पुगेर सरकारमाथि दबाब सिर्जना गर्ने तयारी छ […]

Continue Reading

१५ किलो अफिमसहित बर्दियाबाट दुई महिला पक्राउ

 बाँसगढी नगरपालिकाबाट १५ किलोग्राम ३४० ग्राम अवैध लागूऔषध अफिमसहित दुई जना महिला पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका वडा नं. ४ निवासी ३० वर्षीया सन्ध्या घर्ती र बाँसगढी नगरपालिका वडा नं. […]

Continue Reading

कोशीमा मनसुनी वायुको प्रभाव, देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले हाल कोशी प्रदेशको केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको बताएको छ । विभागका अनुसार अहिले कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज आइतबार राति कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । भोलि सोमबार र पर्सी […]

Continue Reading