१५ किलो अफिमसहित बर्दियाबाट दुई महिला पक्राउ

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

 बाँसगढी नगरपालिकाबाट १५ किलोग्राम ३४० ग्राम अवैध लागूऔषध अफिमसहित दुई जना महिला पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय बर्दियाको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका वडा नं. ४ निवासी ३० वर्षीया सन्ध्या घर्ती र बाँसगढी नगरपालिका वडा नं. ३ बस्ने ४२ वर्षीया मिना रोकाय रहेका छन् । बाँसगढी नगरपालिका वडा नं. ३ उत्तरभकारीमा अफिमको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनीहरूलाई उक्त परिमाणको अफिम सहित फेला पारेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार पक्राउ परेकामध्ये एक जनाले कोहलपुरबाट अफीम ल्याउने र अर्की महिलाले उक्त अफिम भारतसम्म पुर्‍याउने कार्यमा संलग्न रहँदै आएको खुलासा भएको छ ।

पक्राउ परेका उनीहरूको साथबाट अफिमका साथै दुई थान मोबाइल र ३४ हजार रुपियाँ नगद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारीले जानकारी दिए  । घटनाका बारेमा प्रहरीले थप कानुनी अनुसन्धान अघि बढाएको उनले बताए । पक्राउ परेका दुवै महिलालाई आवश्यक कारबाहीका लागि हाल इलाका प्रहरी कार्यालय मोतीपुरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *