सुन्धारा कारागारबाट फरार सपना मध्यराति पक्राउ

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी अपहरण, हत्या र डाका चोरी मुद्दाकी अभियुक्त सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति असनबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार, जन्मकैद सजाय भएकी उनी फरार भएपछि खोजीका लागि सहयोग गरिदिन कारागार प्रशासनले समन्वय गरेको थियो । ‘त्यसपछि निरन्तर खोजी गरिरहेका थियौं, गएराति फेला पारेका छौं,’ उनले बताए  ।

प्रहरीका अनुसार, उनलाई भाग्न सहयोग गरेको आरोपमा भोजपुर घर भएका २६ वर्षीय समिर श्रेष्ठसमेत पक्राउ परेका छन् । कारागार प्रशासनका अनुसार, उनी शनिबार राति साढे १ बजे कारागारको पर्खाल नाघेर भागेको पाइएको छ ।

तर, २४ सै घन्टा सुरक्षा निगरानीमा रहने कारागारबाट कसरी उनी भाग्न सफल भइन् भन्ने विषयमा विस्तृत जाँच सुरु भएको छ । जिल्ला अदालत, रसुवाले उनलाई जन्मकैद सजायभएको थियो,त्यसपछि केन्द्रीय कारागार ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *